मधेस प्रदेशको सत्ता संघर्ष : मुख्यमन्त्री नियुक्तिबारेको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

२६ कार्तिक २०८२

मधेस प्रदेशको सत्ता संघर्ष : मुख्यमन्त्री नियुक्तिबारेको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिट बुधबार सर्वोच्च अदालतमा सुनुवाइका लागि तय गरिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले यसबारे सुनुवाइ गर्नेछ ।

मंगलबार नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपाका नेतासहित ७४ जना सांसदहरूले संयुक्त रूपमा रिट दायर गर्दै प्रदेशमा बनेको सरकार असंवैधानिक रहेको दाबी गरेका थिए। उनीहरूले संविधानको धारा १६८(३) अनुसार गठन भएको सरकार वैधानिक नभएको भन्दै मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेका छन्।

रिट दायर भएसँगै सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै मुख्यमन्त्री यादवलाई दीर्घकालीन वा नीतिगत निर्णय नगर्न निर्देशन दिएको छ।

मधेस प्रदेशसभामा कुल १०७ सांसद भए पनि एमालेका दीपेन्द्र ठाकुर, जसपाका सरोजसिंह कुशवाह र लोसपाका अभिराम शर्मा निलम्बनमा परेका छन्। त्यस अनुसार अहिले सक्रिय सदस्य संख्या १०४ मात्र छ। बहुमतका लागि ५४ मत आवश्यक पर्छ।

हालको दलगत समीकरण अनुसार एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपाका १९, जनमतका १३, माओवादीका ९, लोसपाका ९, नेकपा (एस) का ७, र संघीय समाजवादी, राप्रपा तथा नागरिक उन्मुक्तिका एक–एक सांसद रहेका छन्।

यस राजनीतिक समीकरणबीच सर्वोच्चको बुधबारको सुनुवाइले मधेस प्रदेश सरकारको भविष्य र सत्ता सन्तुलनमा निर्णायक प्रभाव पार्ने अनुमान गरिएको छ।

सम्बन्धित खवर

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

काठमाडौँ । नेपालको न्याय प्रणाली मौलिक अधिकारको संरक्षण र संवर्द्धनतर्फ केन्द्रित छ । यस...

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

काठमाडौँ । पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको र यही कारण अदालत र न्यायाधीशहरुमाथि...

जलेको अदालत, नजलेको न्याय…

जलेको अदालत, नजलेको न्याय…

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र अन्य कयौं अदालतहरु...

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध...