आर्यघाटको भ्रष्टाचार मुद्दा : विशेष अदालतमा सुनुवाइ

२६ कार्तिक २०८२

आर्यघाटको भ्रष्टाचार मुद्दा : विशेष अदालतमा सुनुवाइ

काठमाडाैं । पशुपति आर्यघाटमा  विद्युतीय शवदाह गृहका मेसिन खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार विशेष अदालतमा सुरु भएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले मुद्दाको सुनुवाई थालेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ गते तत्कालीन सदस्य–सचिव डा. मिलनकुमार थापा सहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले उनीहरूलाई कोषको सम्पत्ति दुरुपयोग र मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लगाएको छ।

अख्तियारका अनुसार, पशुपति परिसरमा विद्युतीय शवदाह गृहको मेसिन खरिद र जडान प्रक्रियामा ठेक्का प्रक्रिया अघि बढाउँदा पारदर्शिता नअपनाई नियोजित ढंगले हिनामिना गरिएको हो। सोही कारण उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ।

मुद्दामा हाल परिषद् सदस्य रहेका राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, कोषका अन्य कर्मचारी र दुई निजी कम्पनी समेत प्रतिवादी छन्।

आयोगको दाबीअनुसार, प्रतिवादीहरूले आपसी सहमतिमा आफूअनुकूल कम्पनीलाई ठेक्का दिलाउने गरी प्रक्रिया अघि बढाएका थिए। अनुभवहीन ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी’ लाई फर्जी कोटेसनका आधारमा परामर्श सेवाको जिम्मा दिइएको बताइएको छ।

त्यही कम्पनीमार्फत खरिद गरिएको मेसिनको वास्तविक मूल्य भारतीय रुपैयाँमा करिब ३२ लाख ५० हजार मात्र भए पनि, त्यसलाई नेपाली मूल्याङ्कनमा १ करोड ५२ लाख रुपैयाँ देखाएर लागत कृत्रिम रूपमा बढाइएको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ।

अब विशेष अदालतमा सुरु भएको सुनुवाइले यस प्रकरणमा कसले कस्तो भूमिका खेले भन्ने विषयमा निर्णायक खुलासा गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

काठमाडौँ । नेपालको न्याय प्रणाली मौलिक अधिकारको संरक्षण र संवर्द्धनतर्फ केन्द्रित छ । यस...

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

काठमाडौँ । पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको र यही कारण अदालत र न्यायाधीशहरुमाथि...

जलेको अदालत, नजलेको न्याय…

जलेको अदालत, नजलेको न्याय…

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र अन्य कयौं अदालतहरु...

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध...