बालेन्द्रलाई संसदीय दलको नेता बनाउन रास्वपाको विधानले छेक्दैन : विज्ञ

जस नेपाल

५ चैत २०८२

बालेन्द्रलाई संसदीय दलको नेता बनाउन रास्वपाको विधानले छेक्दैन : विज्ञ

काठमाडौँ । बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता बनाउन पार्टीको विधान परिवर्तन गरिराख्नु नपर्ने संसदीय मामिलाका जानकारको भनाइ छ ।

साथै, सांसदहरुको सपथ ग्रहण अगावै राष्ट्रपतिले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन मिल्ने विज्ञको सुझाव छ । त्यसरी बनेको नयाँ प्रधानमन्त्रीले संसद अधिवेशनको मिति सिफारिस गरी संसदलाई बिजनेस दिनुपर्ने विज्ञको सुझाव छ ।

प्रतिनिधिसभा निर्वाचनको परिणाम आइसकेको हुनाले अब रास्वपाले अलमल नगरिकन चाँडो देशलाई नयाँ प्रधानमन्त्री दिनुपर्ने राष्ट्रियसभाका पूर्वसचिव एवं संसदीय मामिलाका विज्ञ राजेन्द्र फुयाल बताउँछन् ।

संविधान र प्रचलित कानूनअनुसार संसदीय दलको नेता संसद सदस्यहरुले चुन्ने भएकाले पार्टीको विधानले नछेक्ने उनको भनाइ छ ।

संसदीय मामिला र अभ्यासबारे जस नेपालसँग विशेष कुराकानी गर्दै पूर्वसचिव फुयालले भने, ‘संसदीय दलको नेता छान्न पार्टीको विधान अड़चन होजस्तो मलाई लाग्दैन । किनभने, हाम्रो संविधान र प्रचलित कानुनले नै प्रष्ट व्यवस्था गरेको छ, संसदीय दलको नेता कसरी छानिन्छ भन्ने कुरा ।’

पूर्वसचिव फुयालले अगाडि भने, ‘यो संक्रमणकाललाई लामो राख्नु हुँदैन । ताजा जनादेश आएपछि तत्कालै राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुपर्छ र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संसदीय दलको नेता चुन्नुपर्छ । छिटोभन्दा छिटो नयाँ सरकार गठन गर्नुपर्छ र मुलुकलाई एउटा दिशा दिनुपर्छ ।’

पूर्वसचिव फुयालले यसो भनिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विधान बाहक रहेको भन्दै आजका मितिसम्म संसदीय दलको नेता चयन गरेको छैन । उसले विधान सच्याउने गृहकार्य थालेको बताउँदै आएको छ ।

विहीबार निर्वाचन आयोगले समानुपातिकतर्फका ११० जना सांसदहरुलाई प्रमाणपत्र प्रदान गरिसकेको छ । अब रास्वपाले संसदीय दलले नेता चयन गरेको स्थितिमा राष्ट्रपतिले निर्वाचन आयोगबाट प्रतिवेदन प्राप्त भएको भोलिपल्टै प्रधानमन्त्री चयन गर्न सक्ने फुयाल बताउँछन् ।

यसैबीच, नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण चैत १२ गते हुने र चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको सपथ ग्रहण गर्ने टुंगो लागेको सेतोपाटीले समाचार प्रकाशित गरेको छ ।

प्रधानमन्त्री चयनपछि सांसदहरुको सपथ ग्रहण गर्न सकिने उनको सुझाव छ । ऐनअनुसार सांसदहहरुले बैठकमा सहभागी हुनुपूर्व सपथ खानुपर्ने हुन्छ, प्रधानमन्त्री चयनका लागि सांसदहरुको सपथ ग्रहण आवश्यक पर्दैन ।

(फागुन २१ को आम निर्वाचनपछिको नयाँ संसद र यसका कार्यभारबारे पूर्वसचिव फुयालसँग जस नेपालले गरेको विस्तृत अन्तरवार्ताको पूर्णपाठ शुक्रबार प्रकाशित हुनेछ ।)

सम्बन्धित खवर

भाइरल युगमा गोपनीयता : कति देखाउने, कति लुकाउने ?

भाइरल युगमा गोपनीयता : कति देखाउने, कति लुकाउने ?

काठमाडौँ। आजभोलि एउटा स्क्रिनसट, एउटा फोटो वा एउटा निजी कुराकानी कति छिटो ‘भाइरल’ बन्छ...

सेना परिचालन विवाद : संविधान र कानूनले के भन्छ ?

सेना परिचालन विवाद : संविधान र कानूनले के भन्छ ?

काठमाडौँ । गत भदौ २४ गते सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत...

संवैधानिक परिषदले पूर्णता पायो, प्रधानन्यायाधीश छान्ने बाटो खुल्यो

संवैधानिक परिषदले पूर्णता पायो, प्रधानन्यायाधीश छान्ने बाटो खुल्यो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता छानेसँगै सोमबारदेखि...

मन्त्रिपरिषद् बैठक : सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

मन्त्रिपरिषद् बैठक : सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी...