पोखरा विमानस्थल अनियमितता प्रकरण : ४६ करोड बढी बिगोसहित २१ जना र २ कम्पनीविरुद्ध मुद्दा

जस नेपाल

८ चैत २०८२

पोखरा विमानस्थल अनियमितता प्रकरण : ४६ करोड बढी बिगोसहित २१ जना र २ कम्पनीविरुद्ध मुद्दा

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपमा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी सहित २१ जना व्यक्ति र २ वटा कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले दायर गरेको मुद्दामा कुल बिगो ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ दाबी गरिएको विषेश अदालतले जानकारी दिएको छ।

अदालतमा दायर गरिएको मुद्दामा विमानस्थल निर्माणका क्रममा लागत बढाइएको, ठेक्का प्रक्रियामा अनियमितता गरिएको तथा प्राविधिक मापदण्ड उल्लंघन गरिएको आरोप लगाइएको छ।

अदालत स्रोतका अनुसार ठेक्का सम्झौता, डिजाइन परिवर्तन र भुक्तानी प्रक्रियामा नियमविपरीत निर्णय हुँदा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको ठहर गरिएको छ। सोही आधारमा बिगो असुलसहित सजायको माग गर्दै मुद्दा दायर गरिएको हो।

सम्बन्धित खवर

जलेको काठमाडौं जिल्ला अदालत आजदेखि पूर्ण सञ्चालनमा

जलेको काठमाडौं जिल्ला अदालत आजदेखि पूर्ण सञ्चालनमा

काठमाडौँ । गत भदौ २४ गतेको आगजनीबाट क्षति भएको काठमाडौँ जिल्ला अदालतको मूल भवन...

कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन (तस्बिरहरु)

कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन (तस्बिरहरु)

भक्तपुर । नेपालभरिका अदालतहरुमा अभ्यारत् कानून व्यवसायी महिलाहरुको ३२ औं राष्ट्रिय सम्मेलन भक्तपुरमा शुक्रबारदेखि...

रविसँगै जीबी राई पनि सर्वोच्च अदालतमा तानिए !

रविसँगै जीबी राई पनि सर्वोच्च अदालतमा तानिए !

काठमाडौँ । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेसँगै जीबी राईको मुद्दा (अभियोजन) फिर्तासम्बन्धी कागजातसमेत...

फेसबुकबाट वाकीटकी बेच्न खोज्दा भारतमा मुद्दा

फेसबुकबाट वाकीटकी बेच्न खोज्दा भारतमा मुद्दा

भारत । फेसबुकको मूल कम्पनी मेटाले एक वाकीटकी बेच्न खोज्दा भारतमा कानूनी झन्झट खेप्नुपरेको...