गोली चलाउने सुरक्षाकर्मीलाई पनि पक्राउ गर्न जेनजी मुभमेन्टको माग

जस नेपाल

१४ चैत २०८२

गोली चलाउने सुरक्षाकर्मीलाई पनि पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमात्र नभई संलग्न सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई पनि पक्राउ गर्न सरकारसँग माग गरेको छ।

संगठनका तर्फबाट प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीलाई स्वागत गरिएको छ ।

आन्दोलन दमनमा प्रत्यक्ष भूमिका खेलेका सम्पूर्ण पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै कुनै पनि दोषीलाई उन्मुक्ति दिन नहुने जेनजी मुभमेन्ट नेपालले स्पष्ट पारेको छ।

कानुनी राज्यको मर्मअनुसार जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याउनु अनिवार्य रहेको विज्ञप्तिमा जनाइएको छ ।

दमनकारीलाई जोगाउने कुनै पनि प्रकारको प्रयास भए त्यसको कडा प्रतिवाद हुने विज्ञप्तिमा चेतावनी दिइएको छ। “यदि यस्ता षड्यन्त्रहरू गरिए भने देशैभरिका युवाहरू थप सशक्त र कठोर संघर्षमा उत्रिनेछन्,” संगठनले जनाएको छ।

देशमा शान्ति सुव्यवस्था कायम गर्दै अराजकताको अन्त्य गर्न सरकार संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ। नागरिकहरूको सुरक्षा, अधिकारको प्रत्याभूति तथा विधिको शासन कायम गर्नु राज्यको प्रमुख दायित्व भएको पनि संगठनले स्मरण गराएको छ।

केपी ओली र रमेश लेखक पक्राउ, ज्यानमुद्दा चलाइने

सम्बन्धित खवर

ओलीको गिरफ्तारीविरुद्ध एमाले सर्वोच्च जाने

ओलीको गिरफ्तारीविरुद्ध एमाले सर्वोच्च जाने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध नेकपा एमाले सर्वोच्च...

केपी ओली र रमेश लेखक पक्राउ, ज्यानमुद्दा चलाइने

केपी ओली र रमेश लेखक पक्राउ, ज्यानमुद्दा चलाइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस...

क्याबिनेटमा जेनेरेसन शिफ्ट : बालेन टिममा युवा हाबी

क्याबिनेटमा जेनेरेसन शिफ्ट : बालेन टिममा युवा हाबी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा युवाको वर्चस्व देखिएको छ । शुक्रवार विस्तार गरिएको...

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै, सरकारका कामबारे प्रारम्भिक निर्णय लिने

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै, सरकारका कामबारे प्रारम्भिक निर्णय लिने

काठमाडौँ । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै बस्ने भएको छ। केहीबेरमै प्रधानमन्त्री तथा...