चुनाव प्रयोजनका लागि दल दर्ता आह्वान

२८ कार्तिक २०८२

चुनाव प्रयोजनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै आयोगले मंसिर १ देखि १० गतेसम्म चुनावमा भाग लिने दलहरुले दल दर्ता गरिसक्नुपर्ने समय सीमा तोकेको छ ।

चुनावमा भाग लिन चाहने दलहरुले वार्षिक लेखा परीक्षणको प्रतिवेदन लगायतका कागजात पेश गर्नुपर्ने आयोगले भनेको छ ।

त्यसैगरी दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिन्ह प्रयोग गरेर निर्वाचनमा भाग लिन चाहेमा सो विषय पनि खुलाउनुपर्ने भनिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाका साथै आगामी माघ १ गते हुने राष्ट्रियसभा निर्वाचनको प्रयोजनका लागि समेत दल दर्ताको निवेदन दिन सूचना जारी गरेको छ ।

हेर्नुहोस् प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्तासम्बन्धी सूचना–

 

 

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...