काठमाडौँ । बरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध जयवीर देउवा लगायतले दायर गरेको विद्युतीय कारोबारका सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतले खारेज गरिदिएको छ ।
जयवीर देउवाको नाम उल्लेख नगरी प्रहरीले पत्रकार पाठकविरुद्ध विद्युतीय कारोबार ऐनमा मुद्दा चलाएको थियो ।
बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको एकल इजलासले उक्त मुद्दामा प्रहरीको दाबी नपुग्ने भन्दै पत्रकार पाठकलाई सफाइ दिएको हो ।
पत्रकार पाठको चर्चित कार्यक्रम ‘टफटक’ मा प्रसारित सामग्रीमा हिल्टनको होटलको लगानीलाई दिएर विचौलिया दीपक भट्ट र कांग्रेस नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवा लगायतको नाम चर्चामा आएको उल्लेख गरिएपछि पत्रकार भट्टमाथि सत्ताको आडमा प्रहरीले विद्याुतीय कारोबारमा मुद्दा चलाइएको थियो ।
पत्रकारले प्रकाशन/प्रसारण गरेको सामग्रीमा चित्त नबुझ्ने पक्षले प्रेस काउन्सिलमा उजुरी दिने या अन्य कानूनी प्रक्रिया अवलम्बन गर्न सक्ने व्यवस्था हुँदाहुँदै समाचार लेखिएको विषयलाई लिएर प्रहरीले पाठकलाई साइबर क्राइममा जेल पठाउने प्रयास गरेको थियो ।
पत्रकार पाठकलाई पक्राउपूर्जी जारी भएकोमा उसअघि नै पाटक उच्च अदालतले पक्राउ नगर्न आदेश दिएको थियो ।
पत्रकार पाठकले जस नेपाललाई प्रतिक्रिया दिँदै आफूले अदालतबाट आफूले न्याय पाएको बताए । समाचार सामग्रीको विषयलाई लिएर तत्कालीन सरकारले आफूमाथि साइबर अपराधको मुद्दा लगाएर अन्याय गरेको उनको भनाइ छ ।
बुधबार काठमाडौँ जिल्ला अदालतले उक्त मुद्दा (०८१–C१–८२८०) माथि अन्तिम फैसला सुनाउँदै प्रहरीको दाबी नपुग्ने भनेको छ ।
मुद्दाको सुनुवाईका क्रममा देउवाले हिल्टन होटलसम्बन्धी समाचारको खण्डन गरेका थिएनन् । उनले हिल्टनमा आफ्नो लगानी भए, नभएको केही पनि बताएका थिएनन् । समाचारमा त्रुटि भएको दाबीसमेत नगरी केबल साइबर क्राइममा सजायँ गर्नमात्रै मागदाबी गरिएको थियो । समाचारमा जुन प्रश्न उठेको थियो, त्यसको खण्डन देउवाले गरेका थिएन् । देउवाको पक्षबाट अदालतमा साक्षीहरु पनि उपस्थित भएका थिएनन् ।
अझ रोचक त के छ भने प्रहरीले सत्ताधारीहरुको सेवा गर्दै तयार पारेको अभियोजनपत्रमा निवेदक जयवीर देउवाको नामसमेत नराखी जबरजस्ती करणीको मुद्दामा जसरी ‘परिवर्तित नाम’ उल्लेख गरेर जाहेरकर्ता खडा गरेको थियो । पाठकलाई मुद्दा हालेर फसाउने षड्यन्त्रमा बिचौलिया दीपक भट्टले समेत भूमिका खेलेका थिए । कनिभने, टफटकमा प्रसारित समाचारमा दीपक भट्टको समेत नाम उल्लेख थियो ।
मुद्दामा सफाइ पाएपछि पत्रकार पाठकले सामाजिक सञ्जालमा लेखेका छन्-

आमा मैले न्याय पाएँ ।
साइबर अपराधको मुद्दा परेपछि पहिलो तारेखको एक दिन अगाडि मात्र आमाले देहत्याग गर्नुभयो । अन्तिम अवस्थासम्म उहाँ भन्दैहुनुहुन्थ्यो – ईमान नछोड्नू, आफ्नो जिम्मेवारीबाट नपन्छिनू । आफ्नो मातृभूमिलाई सधैँ माया गर्नू । देश र जनताको हितमा काम गर्नू । अन्याय हुँदैन ।
साइबर अपराधको मुद्दामा अदालतको आदेशपछि मेरो प्रतिक्रिया-
१. अदालतबाट कानूनीरुपमा न्याय प्राप्त गरेको छु ।
२. तर, अब वास्तविक न्याय दिने पालो सरकारको – बिचौलियाहरुको पहिचान गरी भ्रष्ट नेताका परिवारसॅगको साँठगाँठ र तिनले मिलेर गरेको भ्रष्टाचारको छानविनबाट, जुन यो सरकारले सुरु गरिसकेको छ । र, एकदिन सम्पूर्ण गलत आर्जनको सार्वजनिकरण गर्नेछ ।
३. समाज पनि अदालत हो, जसले न्याय प्रदान गर्छ – गलत र सही छुट्याऔं । विशेषगरी ती व्यक्तिप्रति लक्षित- जसले अस्ति सिनोजस्तो गनाएकाहरुलाई काँधमा बोकेर भ्रष्टाचार र अन्यायलाई मलजल गरे र टफटकको एक समाचार टिप्पणीलाई अनेक व्याख्या गर्दै सत्ताको आडमा पत्रकारितालाई नै निरुत्साहित गर्ने काम गरे ।
४. कार्की आयोग – भ्रष्ट नेताहरुको अवैध सम्पति र जवाफदेहितालाई लिएर तयार पारिएको सामाग्रीको विषयलाई न्यूनतम जॅाचबुझसमेत नगरी हल्लालाई नै आधार बनाएर र भ्रष्टहरुकै दावीलाई मलजल गर्ने गरी ‘भनिन्छ नि’ भन्दै उल्टो एक व्यवसायिक पत्रकारको प्रतिष्ठामाथि आँच पुग्ने गरी झारो टार्ने काम गरे ।
तल यो पनि हेर्नुहोला –
जवाफदेहिताको प्रश्न उठाउॅदै बनाइएको समाचार सामग्री वास्तवमा कस्तो थियो । साईवर अपराधको मुद्दा कस्तो थियो । समाचार सामग्रीको सत्यतामाथि प्रश्न वा आफ्नो संलग्नता छैन भन्ने दावी भन्दा पनि साईबर अपराधजस्तो फौजदारी मुद्दा । र, कार्की आयोगको तथ्यगतभन्दा पनि लाचार प्रश्न – ‘भनिन्छ नि’ ।
याे पनि –
ताजा अपडेट
न्यायिक इतिहासमा दोस्रो महिला नेतृत्व
१८ चैत २०८२पत्रकार दिलभूषण पाठकले न्याय पाए
१८ चैत २०८२
