कसरी सुधन गुरुङको नाममा पुग्यो फेवातालको २० रोपनी जग्गा ?

जस नेपाल

२२ चैत २०८२

कसरी सुधन गुरुङको नाममा पुग्यो फेवातालको २० रोपनी जग्गा ?

काठमाडौंँ । गोरखा जिल्ला घर भएका गृहमन्त्री सुधन गुरुङले फेवाताल किनारमा २० रोपनी जग्गा ओगटेको सञ्चार माध्यमबाट खुलेको छ । उनले उक्त जग्गा सरकारले लेओस् भनेर ‘त्याग देखाएको’ अर्थमा प्रशंसा भइरहे पनि फेवा किनारमा २० रोपनी जग्गा गृहमन्त्री गुरुङले कसरी जोडेका थिए ? त्यसको स्रोत भने स्पष्ट छैन ।

फेवातालको किनारको अतिक्रमित क्षेत्रमा गृहमन्त्री सुधन गुरुङको २० रोपनी जग्गा रहेको सेतोपाटी अनलाइनले समाचार लेखेको छ । त्यसैगरी अनलाइनखबरले लेखेको छ– पोखराका मेयर भन्छन् : गृहमन्त्रीकै जग्गा तालघरमा पर्ने रहेछ, हटाउनुस् भन्नुभयो

सुशासनको नारालाई जोडतोडका साथ उठाइरहेको सरकारका प्रधानमन्त्री र कुनै पनि मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन् । ऐनले प्रधानमन्त्री, मन्त्रीहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने सुविधा दिएको छ । तर, सरकारमा जानासाथ सम्पत्ति विवरण सार्वजनिक नगर्दा यही अवधिमा नगद र सुनचाँदी आर्जन गर्न सक्ने आशंका पनि उब्जने गरेको छ ।

अब बालेन सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न ६० दिन नै पर्खन्छन् या चाँडै सार्वजनिक गर्नेछन्, त्यो पनि स्पष्ट छैन ।

यसअघिका कतिपय प्रधानमन्त्री, मन्त्रीहरुले सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक भने गर्ने गरेका थिएनन् ।

जे होस्, हामी नेपाल नामक सामाजिक संस्था चलाउँदै आएका गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा पक्कै पनि फेवा किनारको अतिक्रमित २० रोपनी जग्गा कसरी आफ्नो स्वामित्वमा पारेका रहेछन् भन्ने प्रष्ट हुने नै छ ।

 

सम्बन्धित खवर

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

काठमाडौँ । डा. रामकृष्ण तिमल्सेनासँग ११ वर्ष सर्वोच्च अदालतको रजिष्ट्रारका रुपमा काम गरेको अनुभव...

हामीले संविधान नै लेखेर बुझायौँ

हामीले संविधान नै लेखेर बुझायौँ

काठमाडौँ । पाठकवृन्द ! मार्टिन चौतारीको कार्यालयभन्दा अलिकति पूर्वतिर बबरमहलमा एउटा गैरसरकारी संस्थाको कार्यालय...

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले कानून आयकर कानूनबारे तालिम...