नयाँ प्रतिनिधिसभा नियमावली बनाउने सर्वदलीय बैठककाे निर्णय

जस नेपाल

२३ चैत २०८२

नयाँ प्रतिनिधिसभा नियमावली बनाउने सर्वदलीय बैठककाे निर्णय

काठमाडौँ । सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गरेर नयाँ बनाउने निर्णय गरेको हो । यसका लागि नियमावली मस्यौदा समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका सांसद गुरु बरालले जानकारी दिए ।

त्यस्तै बैठकले संसद्को कामकारबाहीलाई डिजिटल बनाउँदै लैजाने र तत्काललाई कागज र डिजिटल दुवैको प्रयोग गर्ने निर्णय गरेको छ भने सवै दलको प्रभावकारी प्रतिनिधित्व रहने गरि २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाइने बरालले बताए ।

उनले संविधानको प्रयोगमा देखिएको चुनौतीहरूको विषयमा एमालेले सदनमार्फत आवाज उठाउने बताए । कानुनको परिपालनाको विषयमा कुनै विवाद नगर्ने भन्दै उनले विधिको शासनमाथि प्रश्न उठे प्रतिपक्षीको हैसियतले आवाज बुलन्द गर्ने धारणा राखे ।

त्यस्तै एमाले सांसद बरालले सरकार संविधान र कानूनभन्दा बाहिर गएर सदनबाट प्रतिवाद गर्ने समेत उल्लेख गरे ।

सम्बन्धित खवर

फेवातालको जग्गाको अध्ययन गर्न पाँच सदस्यीय समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउने

फेवातालको जग्गाको अध्ययन गर्न पाँच सदस्यीय समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ । सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन...

कसरी सुधन गुरुङको नाममा पुग्यो फेवातालको २० रोपनी जग्गा ?

कसरी सुधन गुरुङको नाममा पुग्यो फेवातालको २० रोपनी जग्गा ?

काठमाडौंँ । गोरखा जिल्ला घर भएका गृहमन्त्री सुधन गुरुङले फेवाताल किनारमा २० रोपनी जग्गा...

अब हप्तामा दुई दिन बिदा : शनिबार र आइतबार सार्वजनिक तथा शैक्षिक संस्था बन्द

अब हप्तामा दुई दिन बिदा : शनिबार र आइतबार सार्वजनिक तथा शैक्षिक संस्था बन्द

काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ । अबदेखि...

ओली र रमेश लेखकको रिट न्यायाधीश शर्मा र पोखरेलको बेञ्चमा

ओली र रमेश लेखकको रिट न्यायाधीश शर्मा र पोखरेलको बेञ्चमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकका तर्फबाट सरकारविरुद्ध दायर गरिएको...