कांग्रेस नेता दीपक खड्काको मुद्दा हेर्न नमिल्ने, शेरबहादुर र गगनको मुद्दामा सुनुवाई हुँदै

जस नेपाल

२७ चैत २०८२

कांग्रेस नेता दीपक खड्काको मुद्दा हेर्न नमिल्ने, शेरबहादुर र गगनको मुद्दामा सुनुवाई हुँदै

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दा शुक्रबार ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

पूर्वमन्त्री खड्काकी पत्नी विनिता थापाले आफ्ना पतिको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा गत चैत १७ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

चैत १८ गते सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो भने चैत २५ गते अन्य आदेश दिएको थियो । यो मुद्दा आज (शुक्रबार) कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेकोमा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

मुद्दाको अर्को पेशी चैत ३० गते तोकिएको छ ।

शेरबहादुर देउवा भर्सेस गगन थापा

उता, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर परेको रिट पनि शुक्रबार सपना प्रधान मल्ल र मेघराज पोखरेलकै इजलासमा परेको छ ।

शेउवा पक्षले निर्वाचन आयोग र गगनकुमार थापासमेतलाई विपक्षी बनाएर अदालतमा दायर गरेको रिटमा यसअघि कारणदेखाउ आदेश जारी भएको छ भने मुद्दालाई अग्राधिकारमा राखिएको छ ।

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...