सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

जस नेपाल

२७ चैत २०८२

सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर परेको रिटको अर्को पेशी आगामी बैशाख ३ गतेका लागि तोकिएको छ।

शुक्रबार कायममुकायम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले मुद्दाको पेशी बैशाख ३ गतेका लागि तोकेको हो ।

िशेउवा पक्षले निर्वाचन आयोग र गगनकुमार थापासमेतलाई विपक्षी बनाई अदालतमा दायर गरेको रिटलाई सर्वोच्चले अग्राधिकारमा राखेको छ ।

उता, सम्पत्ति शुद्धीकरणको मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दा भने शुक्रबार ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

पूर्वमन्त्री खड्काकी पत्नी विनिता थापाले आफ्ना पतिको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा गत चैत १७ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

चैत १८ गते सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो भने चैत २५ गते अन्य आदेश दिएको थियो । यो मुद्दा आज (शुक्रबार) कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेकोमा ‘हेर्न नमिल्ने’ भएको हो । यो मुद्दाको अर्को पेशी चैत ३० गते तोकिएको छ ।

सम्बन्धित खवर

जेठ १४ देखि १७ गतेसम्म अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको मात्रै सुनुवाइ हुने

जेठ १४ देखि १७ गतेसम्म अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको मात्रै सुनुवाइ हुने

काठमाडौँ । जेठ १४ गते (विहीबार) देखि १७ गते आइतबारसम्म सर्वोच्च अदालत बन्द रहने...

गोला प्रथा हटाउने योजना छैन : सर्वोच्च अदालत

गोला प्रथा हटाउने योजना छैन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने बारे कुनै पनि औपचारिक...

सहयोग संकलन रोक्न न्यायाधीश श्रेष्ठको अपील

सहयोग संकलन रोक्न न्यायाधीश श्रेष्ठको अपील

काठमाडौँ । बोनम्यारो क्यानसरको उपचार गराइरहेका सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि...

सर्वोच्च अदालतमा तीन न्यायाधीश रिक्त

सर्वोच्च अदालतमा तीन न्यायाधीश रिक्त

काठमाडौँ । मुद्दाहरुको अत्यधिक चाप रहेको सर्वोच्च अदालतमा तीनजना न्यायाधीशको पद रिक्त रहेको छ...