बागमतीको कहर : सुकुमबासी हटेपछि ‘भगवान’ ! (४० तस्बिर)

जस नेपाल

१२ वैशाख २०८३

बागमतीको कहर : सुकुमबासी हटेपछि ‘भगवान’ ! (४० तस्बिर)

काठमाडौँ । पशुपतिनाथ मन्दिर हुँदै बग्ने बागमती नदी शंखमूलमा आइपुगेपछि भक्तपुरबाट आएको मनोहरासँग मिसिन्छ । दुई नदीको संगमस्थलमा रहेको २५ मिटर लामो पुलको नाम ‘बागमती मनोहरा दोभान पुल’ रहेको छ ।

सरकारले यसअघि पटक–पटक बागमती किनाराका बस्तीहरु हटाउँदै आएको थियो । अहिलेसम्म थापाथली, गैरीगाउँ र मनोहरा खोलाको किनारमा गरी तीन ठाउँको मात्रै बस्ती हट्न सकेको थिएन । तर, नदीलाई सौन्दर्यकरण गर्ने भन्दै सुकुम्बासी बस्ती हटाइएपछि बागमती किनाराको जग्गा ‘भगवान’का नाममा धर्मभीरुहरुले धमाधम कब्जा गरेका थिए ।

शंखमूलस्थित बागमती–मनोहरा दोभानदेखि थापाथलीसम्म नदी कोरिडोरमा यात्रा गर्दा प्रष्टै देखिन्छ त्यहाँ साईबाबा, हनुमानजी र आर्ट अफ लिभिङका गुरु रवि शंकरका अनुयायीहरुले मन्दिर, पार्क र विभिन्न कंक्रिटका संरचनाहरु बनाएर धर्मका नाममा अतिक्रमण गर्दै आएका थिए । २०७५ सालदेखि नै यसरी भगवानका नाममा बागमतीको जमीन अतिक्रमण तीब्र बनाइएको थियो ।

बागमतीमा भगवानका नाममा बनेका ती भौतिक संरचनाका भग्नावशेषहरु अहिलेसम्म देख्न सकिन्छ । अहिले सिमेन्टको कम्पाउण्ड भत्काएर सर्वसाधारणका लागि यो ठाउँ खुला गरिएको छ । जहाँ बिहानै मानिसहरु भेला भएर ध्यान, योग र मर्निङ वाक गरिरहेका भेटिन्छन् । तथापि, रवि शंकरको आश्रम र हनुमान मन्दिर भने बाटोकै छेउमा सारिएको छ । उनीहरुले आफ्ना अनुयायीका लागि बागमती किनारकै खाली जमीन प्रयोग गर्दै आएका छन् ।

त्यसो त बागमती किनारमा मदन भण्डारीका नाममा समेत पार्क बनाएर घेराबारा गरिएको छ । ठाउँ–ठाउँमा शारीरिक अभ्यास गर्ने ठाउँहरु बनाइएका छन् । फलैंचा र पार्कहरु पनि छन् ।

यसरी सौन्दर्यीकरणका नाममा धार्मिक सम्प्रदायदेखि लिएर राजनीतिक नेताका नाम जोडेर पार्कहरु बनाइनु उचित हो या होइन ? भोलि हरेक पार्टीलाई आफ्नो नेताका नाममा यसैगरी पार्क बनाउन दिने कि नदिने ?

भोलि नेपाली कांग्रेस समर्थकहरुलाई बीपी पार्क बनाउन मन लाग्ला । रास्वपालाई उज्वल थापा पार्क बनाउन मन लाग्ला । राप्रपालाई पृथ्वी पार्क बनाउन मन लाग्ला । किरातहरुलाई यलम्बर पार्क बनाउन मन लाग्ला, त्यसो गर्न दिने कि नदिने ? योग गर्ने ठाउँ बनाइरहँदा फाल्गुनन्द स्मृति पार्क बनाउन पाउने कि नपाउने ? युएन पार्क बनेकै छ, भोलि मुन्धुम पार्क बनाउन मिल्ने कि नमिल्ने ? यस्ता प्रश्नहरु आउन सक्छन् । यो पनि बहस हुँदै जाला ।

उता, ललितपुरतर्फको बागमती किनारमा भने पुरानै ऐतिहास शंखमूल मन्दिर, सत्तल, खेल मैदान र पार्कहरु रहेका छन् । युएन पार्क पनि ललितपुरमै पर्छ, जहाँबाट शनिबार बिहान मानिसहरुले काठमाडौँतिर डोजर चलेको रमिता हेरेका थिए ।

शनिबार डोजर लगाएर खाली गरिएको थापाथलीको सुकुम्बासी बस्तीलाई अब सरकारले कसरी प्रयोग गर्ला ? यो हेर्न बाँकी नै छ । तर, विगतमा जस्तै धर्म र संघसंस्थाका नाममा बागमतीको जमीन अतिक्रमण गर्ने कार्य हुन सक्नेतर्फ सजगता अपनाउन आवश्यक देखिन्छ ।

जस नेपालले शंखमूलस्थित दोभानदेखि थापाथलीसम्म खिचेका बागमती किनारका केही तस्बिर हेरौं–

 

सम्बन्धित खवर

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

काठमाडौँ ।  इजिप्ट फुटबल फेडेरेसन (ईएफए) ले फिफामाथि औपचारिक रुपमा उजुरी दायर गरेको छ।...

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन...

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक...