गैरीगाउँमा फेरि पुग्यो सरकारी डोजर, बाँकी रहेका संरचना भत्काउन सुरु

जस नेपाल

१४ वैशाख २०८३

गैरीगाउँमा फेरि पुग्यो सरकारी डोजर, बाँकी रहेका संरचना भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरु हटाउने अभियान पुनः सुरु गरिएको छ ।

यसअघि शनिबार, आइतबार राति अबेरसम्म सञ्चालन गरिएको घर भत्काउने कार्य नसकिएकाले आजदेखि पुनः सुरु गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । अझै धेरै संरचना हटाउन बाँकी रहेकाले दिउँसोदेखि पुनः भत्काउन थालिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए ।

उनले भने, “हामीले शनिबार र हिजो आइतबार राति अबेरसम्म केही ठूला घरहरू भत्कायौँ, तर अझै धेरै संरचना बाँकी थिए । अहिले फेरि निरन्तर रूपमा काम अगाडि बढाएका छौँ ।”

गैरीगाउँ क्षेत्रमा दर्जनौ ठूला स्थायी घर निर्माण गरिएकाले भत्काउने कार्य चुनौतीपूर्ण बनेको महानगर प्रहरीले जनाएको छ । अहिले यहाँ दुई वटा ठूला डोजर तथा हेभी मेसिनको प्रयोग गरेर संरचना भत्काउने काम भइरहेको छ ।

सम्बन्धित खवर

मनोहराबाट विस्थापित पूर्वमन्त्री भन्छन्– सर्वहारा मानिस सुकुमवासी बस्तीमा पुगियो

मनोहराबाट विस्थापित पूर्वमन्त्री भन्छन्– सर्वहारा मानिस सुकुमवासी बस्तीमा पुगियो

काठमाडौँ । सरकारले मनोहराको सुकुमबासी बस्तीमा डोजर चलाउँदा पूर्वमन्त्री गोपाल किराती पनि प्रभावित बनेका...

 ‘साहु बा’ वेबसिरिजमा ३८० कलाकारको अभिनय

 ‘साहु बा’ वेबसिरिजमा ३८० कलाकारको अभिनय

काठमाडौं । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ सार्वजनिक भएको...

अस्थायी शिक्षक महासंघले १५ बुँदे घोषणा पत्र जारी गर्दै सरकारसँग गर्‍यो न्यायको माग

अस्थायी शिक्षक महासंघले १५ बुँदे घोषणा पत्र जारी गर्दै सरकारसँग गर्‍यो न्यायको माग

काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले सरकारलाई आफ्ना मागहरु संबोधन गर्न माग...

बागमतीको कहर : सुकुमबासी हटेपछि ‘भगवान’ ! (४० तस्बिर)

बागमतीको कहर : सुकुमबासी हटेपछि ‘भगवान’ ! (४० तस्बिर)

काठमाडौँ । पशुपतिनाथ मन्दिर हुँदै बग्ने बागमती नदी शंखमूलमा आइपुगेपछि भक्तपुरबाट आएको मनोहरासँग मिसिन्छ...