मनोज शर्मा ६ वर्ष प्रधानन्यायाधीश बन्न पाउँछन्, तर…

जस नेपाल

२४ वैशाख २०८३

मनोज शर्मा ६ वर्ष प्रधानन्यायाधीश बन्न पाउँछन्, तर…

काठमाडौँ । संवैधानिक परिषदको बैठकबाट विहीबार प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मा संसदीय सुनुवाई समितिबाट अनुमोदित भएमा उनले पूरै कार्यकाल अर्थात् २०८९ सालसम्म प्रधानन्यायाधीशको कुर्सीमा बस्न पाउने छन् ।

यसअघि ६५ वर्षे उमेर हदका कारण पूरै कार्यकाल काम गर्नै नपाई प्रधानन्यायाधीशहरु पदमुक्त हुने गरेको थिए । तर, शर्मा भने २०९२ साल असार १२ गते मात्रै ६५ वर्ष पुग्ने छन् । उनी २०२७ साल असार १२ गते जन्मेका हुन् ।

यदि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल बरियताका आधारमा क्रमशः प्रधानन्यायाधीश बनेको भए डा. शर्माले प्रधानन्यायाधीश नै नबनी २०९२ साल असार १२ गते अदालतबाट बाहिरिनुपर्ने हुन्थ्यो । किनभने, त्यसबेला फुयालले २०८८ साल भदौदेखि २०९२ साल असोजसम्म प्रधानन्यायाधीश चलाइरहेका हुने थिए ।

रोचक त के छ भने सर्वोच्च अदालतमा न्यायाधीशका रुपमा कायमै रहेमा न्यायाधीश हरि फुयाल अझै प्रधानन्यायाधीश बन्ने सम्भावना छ । २०८९ साल असार १२ पछि मनोज शर्माको ठाउँमा फुयालले प्रधानन्यायाधीश बन्न पाउँछन् ।

फुयालले २०८९ पछि २०९२ साल असोज १८ सम्म करिब ३ वर्ष प्रधानन्यायाधीश चलाए भने त्यसपछि पालो आउने छ डा. नहकुल सुवेदीको । डा.सुवेदी मनोज शर्मापछि पाँचौँ बरियताका न्यायाधीश हुन् । उनको ६५ वर्षे उमेर हद २०९३ साल असारमा मात्रै सकिने छ ।

अब मनोज प्रधानन्यायाधीश बनेको अवस्थामा सपना प्रधान मल्ल र कुमार रेग्मीले भने प्रधानन्याधीश नै नबनी बाहिरिनुपर्ने हुन्छ । अझै पनि न्यायाधीशका रुपमा पूरै कार्यकाल काम गरेको अवस्थामा सपनाको कार्यकाल २०८५ कात्तिक ३० गते सकिने छ । त्यसैगरी कुमार रेग्मीको कार्यकाल २०८८ साल भदौ ३० मा सकिने छ ।

प्रधानन्यायाधीशको योग्यतम् सूचीको छैठौं नम्बरमा रहेका तिलप्रसाद श्रेष्ठले भने आगामी भदौदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् ।

तर, यहाँनेर केही गम्भीर प्रश्नहरु भने अनुत्तरित छन् । कनिष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि अब कायममुकायम न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशका रुपमा कामलाई निरन्तरता दिनेछिन् या राजीनामा दिनेछिन् ? त्यस्तै, बरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाल पदमा यथावत रहन्छन् या बाहिरिन्छन् ?

तीनजना बरिष्ठ न्यायाधीशहरु अदालतबाट एकसाथ बाहिरिए भने न्यायालयमा एउटा ठूलो भ्याकुम, नैराश्यता र सरकारको छायाँ पर्न सक्ने जोखिम छ ।

यस्तो हुन नदिने शर्मा आफैंले अदालतमा बरिष्ठता नमिचौं पो भन्ने हो कि ?

सम्बन्धित खवर

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

हामी संविधान संशोधनको कुरा गरिरहेका छौँ। मेरो मान्यता के हो भने संविधान संशोधन गर्न...

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...