कामु प्रधानन्यायाधीश सपना मल्लको गर्जन – विधिको शासनबारे बोल्ने आँट र औकात जुटाउनुपर्छ (भिडियो)

जस नेपाल

२६ वैशाख २०८३

कामु प्रधानन्यायाधीश सपना मल्लको गर्जन – विधिको शासनबारे बोल्ने आँट र औकात जुटाउनुपर्छ (भिडियो)

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधिको शासन विरुद्ध कुनै पनि काम भएमा त्यस्तो अवस्थामा बोल्ने आँट र औकात जुटाउनुपर्ने बताएकी छन् ।

शनिवार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले कसैको डर र त्रासमा बसेर विधिको शासन स्थापित गर्न नसकिने बताउँदै न्यायाधीशहरूलाई निडर बनेर न्याय सम्पादन गर्ने अनुरोध समेत गरेकी छन् ।

प्रधानन्यायाधीश सिफारिस तर्फ इंकित गर्दै मल्लले भनिन् ‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न सकिन्न। संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन। संविधानलाई विरूप पारेर संविधानका सरोकारवाला सञ्चालकहरूको रूप सिँगार्न सकिँदैन।’

भिडियो पनि हेर्नुहोस् : 

सम्बन्धित खवर

डा. मनोज शर्माबारे यहाँहरुलाई मैले जानकारी दिनुपर्ने भो ! (भिडियोसहित )

डा. मनोज शर्माबारे यहाँहरुलाई मैले जानकारी दिनुपर्ने भो ! (भिडियोसहित )

यहाँहरुलाई मैले जानकारी दिनु पर्ने भो । यहाँहरुमध्ये धेरै मित्रहरुलाई जसलाई जानकारी छ वा...

प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिट दर्ता गर्न प्रशासनको आनाकानी, कामु प्रधानन्यायाधीशले देखाइन् चासो

प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिट दर्ता गर्न प्रशासनको आनाकानी, कामु प्रधानन्यायाधीशले देखाइन् चासो

काठमाडौँ । संवैधानिक परिषद्को निर्णय विरुद्ध पेस भएको रिट दर्ता गर्ने सर्वोच्च प्रशासनले आनाकानी...

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । वरिष्ठताको परम्परा तोडेर चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएकोविरुद्ध...