न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

जस नेपाल

२७ वैशाख २०८३

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न,  मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

काठमाडाैँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत पाटनका माननीय मुख्य न्यायाधीश लालबहादुर कुँवरले गरेका थिए ।

जस नेपालका प्रबन्ध निर्देशक हरिप्रसाद मैनालीका अनुसार शनिबारदेखि २ दिन चलेकाे प्रतियोगितामा १८ टोलीका ३६ जना प्रतिस्पर्धी सहभागी भएका थिए भने महिला तर्फ ४ टाेलीका ८ जना सहभागी थिए ।

प्रतियोगिताको पुरुषतर्फ सर्वाेच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्की र जिल्ला अदालतका कर्मचारी  शेरबहादुर थापाको टोली प्रथम भएको छ । त्यसैगरी जीवन कालाखेती र महेश सिंह धामीको टोली दोस्रो तथा कृष्ण खड्का र विनियोजन कुमालको टोली तेस्रो भएको कार्यक्रम संयोजक शदिक्षा अर्यालले जानकारी दिइन् ।

महिलातर्फ सिमस कुँवर र लसता मल्लको टोली प्रथम भएको छ भने पूजा खड्का र सुलोचना थापाको टोली दोस्रो भएको छ । प्रतियोगितामा रेफरीको भूमिकामा विधान रिजाल रहेका थिए ।

ललितपुर उच्च अदालतको ब्याडमिन्टन हलमा आयोजना गरिएको प्रतियोगितामा माननीय न्यायाधीशहरू, कानून तथा न्याय सेवाका कर्मचारी, सरकारी वकील तथा कानून व्यवसायीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको पुरस्कार वितरण भने छुट्टै कार्यक्रममार्फत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

काठमाडौँ । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक्सको आयात रोक्दा युवाहरूको स्वास्थ्य जोगिन्छ भन्ने आशा थियो।...

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

काठमाडाैँ ।  कानून दिवसकाे‍ अवसरमा नेपाल बार एसाेसिएशनकाे आयाेजनामा संविधानवाद र कानूनी शासनमा देखिएका...

प्रधानन्यायाधीशको सिफारिस भ्याटिकनमा पोप छानेजस्तै भयो !

प्रधानन्यायाधीशको सिफारिस भ्याटिकनमा पोप छानेजस्तै भयो !

काठमाडौँ । संवैधानिक कानूनका जानकार अधिवक्ता माधबकुमार बस्नेतले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसलाई ‘भ्याटिकन सिटीमा पोप...

श्रममन्त्री यादव भन्छन् – १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको छ

श्रममन्त्री यादव भन्छन् – १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको छ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम...