काठमाडौँ । कास्की जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष पदमा गणेशबहादुर आलेले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) र प्रोग्रेसिभ एण्ड प्रोफेशनल लयर्स एशोसिएशन (पीपीएलए) को संयुक्त गठबन्धनका साझा उम्मेदवार आलेले दुई वर्षसम्म जिल्ला बारको नेतृत्व सम्हाल्नेछन् ।
आलेले कुल खसेको ८३ मतमध्ये ६० मत पाउँदा प्रतिस्पर्धी पुष्पराज दाहालले १९ मत मात्र प्राप्त गरे। कुल ९३ सदस्य रहेको एसोसिएसनमा ८३ जनाले मतदानमा भाग लिएका थिए, जसमा ४ मत बदर भएको थियो ।
अध्यक्षसहित आलेको सम्पूर्ण प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा यामप्रसाद पौडेल, सचिवमा भूपराज पोखरेल, सहसचिवमा अञ्जना बराल सुवेदी र कोषाध्यक्षमा सुष्मा ओझा निर्वाचित भएका छन् । सहसचिवमा सुवेदी निर्विरोध चयन भएकी हुन् ।
पल्लवी न्यौपाने, सुमित्रा पराजुली, प्रदीपकुमार राना, प्रदीप अधिकारी, संगीता काफ्ले, चित्रबहादुर सुनार, गोविन्दप्रसाद वाग्ले र बुद्धिप्रसाद सुवेदी सदस्य पदमा निर्वाचित भएका छन् ।
ताजा अपडेट
संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन
२७ असार २०८३संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न
२७ असार २०८३
