बार आन्दोलित, सर्वोच्च अदालत प्रशानविरुद्ध लालटिन बालिने

अदालतविरुद्ध संसदमा गरिएको भाषणको रेकर्डसमेत हटाउन सभामुखसमक्ष माग, थप आन्दोलनका कार्यक्रम पनि आउने

जस नेपाल

४ जेठ २०८३

बार आन्दोलित, सर्वोच्च अदालत प्रशानविरुद्ध लालटिन बालिने

काठमाडौँ । सर्वोच्च अदालतका कर्मचारीहरुले कामु प्रधानन्यायाधीशको आदेशपछि पनि रिटहरु दर्ता गर्न नमानेको विरोधमा नेपाल बार एशोसिएसन (नेबाए) ले आपत्ति जनाएको छ । बारले अदालत प्रशासनविरुद्ध सोमबार आन्दोलनको समेत घोषणा गरेको छ ।

बारका महासचिव बरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा सोमबार जारी वक्तव्य अनुसार मंगलबार नेपाल बार एशोसिएसनको प्राङगणमा लालटीन बारे सर्वोच्च प्रशासनविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
आन्दोलनका थप कार्यक्रमहरु त्यसपछि घोषणा गरिने जनाएको छ ।

बारले विभिन्न पाँचवटा मागहरु राखेर आन्दोलन गर्न लागेको हो । बारका ५ मागहरु यसप्रकार छन्–

१‍. सर्वोच्च अदालत समक्ष परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु स्पष्टतः प्रशासनको अधिकार बाहिरको र न्याय मार्गमा अवरोध पुन्याउने कार्य भएको नेबाए ठहर गर्दछ ।

२. न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने का.मु प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र अप्राकृतिक मात्र होइन यो अभिलेखीकरण हुने, विस्मृतीमा नजाने ऐतिहासिक भूल एवम् प्रचलित कानून आकर्षित हुने घटना समेत हो भन्ने हाम्रो प्रष्ट धारणा छ ।

३. अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न बन्देज गर्ने प्रावधान संविधानको धारा १०५ मा लेखिएको विषयलाई नजरअन्दाज गरी खुलेआम आजको संसदको बैठकमा छलफल गरिएको विषय अत्यन्त दुःखद् रहेको छ ।

४. आवेश प्रेरित एवम् दम्भमा आधारित उन्मादी अभिव्यक्तिको अन्त्य पश्चातापबाट हुने कुरामा नेबाए स्पष्ट छ ।

५. यस्ता मन्तव्यहरू संसदीय अभिलेखबाट हटाउन एवम् पुनः यस्ता घटनाहरू दोहोरिन नदिन स्पष्ट आदेश हुन सम्माननीय सभामुखज्यूसमक्ष नेपाल बार एशोसिएशन अनुरोध गर्दछ ।

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...