दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

७ मंसिर २०८२

दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवासायी दुर्गा प्रसाईलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले आइतबार बन्दी प्रत्यक्षीकरणको आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईलाई छाड्न बन्दी प्रत्यक्षीकरणको आदेश दिएको हो ।

नेपालको संविधानले निवारक नजरबन्दविरुद्धको हकलाई मौलिक हक अन्तरगत राखेको छ । यस अधिकार अन्तर्गत कसैलाई पनि विनाकारण गैरकानूनी रुपमा थुनामा राख्न पाइँदैन । त्यसरी थुनामा राखिएको व्यक्तिलाई प्रत्यक्षरुपमा अदालतमा झिकाएर गरिने सुनुवाई लाई बन्दी प्रत्यक्षीकरण भनिन्छ ।

प्रसाईले भिडियोमार्फत सार्वजनिक शान्तिमा खलल पुर्‍याउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

उनको गिरफ्तारीविरुद्ध छोरा निराजन प्रसाईले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै आइतबार अदालतले प्रसाईलाई थुनामुक्त गर्न भनेको हो ।

सर्वोच्चको आदेशलगत्तै आइतबार साँझ प्रसाई रिहा भएका छन् ।

सम्बन्धित खवर

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल...