पूर्वन्यायाधीश प्रधानको निधनप्रति सर्वोच्चद्वारा शोक व्यक्त

जस नेपाल

७ जेठ २०८३

पूर्वन्यायाधीश प्रधानको निधनप्रति सर्वोच्चद्वारा शोक व्यक्त

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधनप्रति सर्वोच्च अदालतले शोक प्रकट गरेको छ ।

पूर्वन्यायाधीश प्रधानको बुधवार साँझ ५ बजे ९५ वर्षको उमेरमा निधन भएको हो । प्रधानको निधनमा शोक व्यक्त गर्दै आज शुक्रबार सर्वोच्च अदालत बन्द रहेको थियो ।

सर्वोच्च अदालतको आकस्मिक रूपमा आव बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)बाट पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासमेत गरिएको छ ।

पूर्वन्यायाधीश प्रधानले सर्वोच्चमा हुँदा न्याय तथा कानुन क्षेत्रमा राष्ट्रलाई पुर्‍याएको योगदानको स्मरण बैठकबाट गरिएको थियो ।

“स्वर्गीय प्रधान देवानी र फौजदारी कानुनका क्षेत्रमा विशेष दखल राख्ने, लगनशील, मिलनसार, सहृदयी, मृदुभाषी एवं अनुभवी न्यायिक व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्थ्यो,” बैठकपछि सर्वोच्चका सहप्रवक्ता निराजन पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको न्यायिक र कानुनी इतिहासमा निष्पक्षता, बौद्धिकता र निष्ठाका पर्यायका रूपमा परिचित प्रधानको निधनबाट न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ । उहाँको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ ।”

प्रधान ०३२ साल भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भएका थिए । उनी ०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । सर्वोच्चमा उनी ०५१ पुस ५ गतेसम्म कार्यरत थिए ।

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...