जेठ १४ देखि १७ गतेसम्म अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको मात्रै सुनुवाइ हुने

जस नेपाल

१४ जेठ २०८३

जेठ १४ देखि १७ गतेसम्म अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको मात्रै सुनुवाइ हुने

काठमाडौँ । जेठ १४ गते (विहीबार) देखि १७ गते आइतबारसम्म सर्वोच्च अदालत बन्द रहने भएको छ ।

अदालत बन्द रहे पनि बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाई गर्ने प्रयोजनका लागि भने जेठ १४ र १५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत (इजलास) खुल्ला रहने अदालत प्रशासनले विज्ञप्तिमार्फत् जनाएको छ ।

जेठ १४ गते बुधबार मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकर इद परेको हुनाले अदालत बन्द रहने भएको छ । बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हुनाले अन्य सरकारी कार्यालयसमेत बन्द रहनेछ ।

जेठ १५ गते गणतन्त्र दिवस भएकाले सार्वजनिक विदा तोकिएको छ ।

जेठ १६ गते शनिबार र १७ गते आइतबार सरकारले तोकेको साप्ताहिक विदा परेकाले जेठ १८ गतेबाट मात्रै अदालत लगायतका सार्वजनिक कार्यालयहरु खुल्ने छन् ।

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...