मधेस मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर दुई रिटमा आज सुनुवाइ हुँदै

११ मंसिर २०८२

मधेस मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर दुई रिटमा आज सुनुवाइ हुँदै

काठमाडाैं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर दुईवटै रिट निवेदनमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा यसकाे सुनुवाइ हुँदैछ ।

काठमाडौं महानगरपालिका–११ का अर्जुन शाहले कात्तिक २४ गते पहिलो रिट दर्ता गराएका थिए। उनले सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय संविधानको मर्म विपरीत रहेको दाबी गरेका छन्। त्यस्तै कात्तिक २५ गते, प्रदेश सभा सदस्य कृष्णप्रसाद यादवलगायतले पनि रिट निवेदन दायर गर्दै तत्कालीन प्रदेश प्रमुखको कदम संवैधानिक प्रावधानसँग बाझिएको आरोप लगाएका थिए।

रिट निवेदकहरूले—प्रदेशमा बहुमतीय सरकार गठन गर्न दुई वा दुईभन्दा बढी दलबीच सहमतिको वातावरण कायम रहेको अवस्थामा प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाइदिने निर्णय लिएर संविधानले तोकेको प्रक्रियालाई उपेक्षा गरेको जनाइएका छन् ।

उक्त विवादित नियुक्तिबारे सर्वोच्चको इजलासले अब दुवै रिटलाई एकै ठाउँमा  सुनुवाइ गर्ने छ ।

सम्बन्धित खवर

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै...

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका...

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

काठमाडौँ । नेपालको सौन्दर्य उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ । यो वृद्धि भारत,...

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

काठमाडौँ । आफ्नाे सपनाकाे घर वा जग्गा किन्ने तयारीमा हुनुहुन्छ ? तर के तपाईंलाई...