भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

जस नेपाल

२२ जेठ २०८३

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । जसमा व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने बताइएको छ ।

भारत प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री खनालले लामो समयपछि हुन लागको भ्रमणमा मुलुकको हितका बिषयमा छलफल हुने जानकारी दिए । नयाँ सरकारको प्राथमिकताका बिषयमा पनि भारतसंग छलफल हुने उनले बताए ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्कने मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खवर

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा समेत जोडिएको भेपमार्फत सुन तस्करी प्रकरणमा विशेष अदालतले त्रिभुवन...

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको ठहर गर्दै हरिपूर्वा नगरपालिकाका...

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य...

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी उजुरी...