सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी

११ मंसिर २०८२

सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी

काठमाडौं । यसलाई संयोग नै मान्नुपर्छ, जेनजी आन्दोलनमा सर्वोच्च अदालतको भवन जले पनि छेवैमा नयाँ भवन बनिसक्न लागेको छ । युद्धस्तरमा निर्माण कार्य भइरहेको नयाँ भवनमा मंसिरपछि ३÷४ वटा इजलास सञ्चालन गर्ने तयारी भइरहेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

स्रोतले जस नेपालसँग भन्यो, ‘भवन निर्माण कम्पनीलाई ठेक्काको म्याद चैतसम्म थप गरिएको भएता पनि अहिले तीन सिफ्टमा धमाधम काम भइरहेको छ । मंसिर सकिनासाथ भवनको एउटा खण्डमा ३÷४ वटा इजलास चलाउने र इन्टेरियर डिजाइनको काम पनि सँगसँगै अघि बढाउने तयारी छ ।’

भवन पूर्णरुपमा बनिनसक्दै टेबल कुर्सीहरु राखेर इजलास सञ्चालन गर्नुपर्ने अवस्था रहेको स्रोतको भनाइ छ ।

हाल सर्वोच्च अदालतमा २१ न्यायाधीश छन् तर जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण ५ वटा इजलास मात्र सञ्चालित छन् । अदालतमा ५० प्रतिशत क्षमतामा मात्रै काम भइरहेको छ । अर्को महिना नयाँ भवनमा इजलास चलाउन पाइयो भने कामले गति लिने अदालत प्रशासनको भनाइ छ ।

नयाँ भवनको बाहिरी संरचना बनेर फिनिसिङ गर्न बाँकी छ । तर, काम चाँडो सक्नका लागि इन्टेरियर डिजाइनको समेत ठेक्का लागिसकेको स्रोतले जस नेपाललाई बतायो ।

डिजिटल डाटा जोगियो

जेनजी आन्दोलनबाट अदालतका मिसिल र कम्युटरसमेत ध्वस्त भएको र हार्डडिस्कहरु पनि नष्ट भएकाले सम्पूर्ण डाटा सिस्टम नै ध्वस्त भएको अनुमान गरिएको थियो । तर, स्रोतले भन्यो, ‘अदालतको डिजिटल प्रणाली रिकभर भएको छ, यो सुखद विषय हो ।’

सर्वोच्च अदालतले जलेका मिसिहरुको प्रतिनिधि अदालतमा संकलन गर्ने अभियान पनि जारी राखेको छ । पक्ष विपक्षका वकिल र सेवाग्राहीसँग भएका फाइलहरु उपलब्ध गराउन अदालतले सूचना जारी गरेको छ ।

त्यसो त सर्वोच्च अदालतजस्तै संसद भवन पनि सिंहदरबारभित्रै धमाधम बनिरहेको छ । आगामी निर्वाचनपछिको संसद बैठक सिंहदरबारभित्रै राख्ने गरी काम भइरहेको हुनाले अब नयाँ बानेश्वरमा जलेको संसद भवनमा संसद नचल्ने लगभग निश्चित छ ।

सम्बन्धित खवर

जेनजी आन्दोलन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्ने समितिको म्याद ४५ दिन थप

जेनजी आन्दोलन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्ने समितिको म्याद ४५ दिन थप

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ...

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

कर्णाली । सुर्खेत प्रहरीले तीन करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको...

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति : विपक्षी सांसद्को एउटै स्वर – ‘माफी माग्नु पर्छ’ (भिडियाे)

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति : विपक्षी सांसद्को एउटै स्वर – ‘माफी माग्नु पर्छ’ (भिडियाे)

काठमाडौँ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर आज सोमाबार पनि...

भेप भित्र सुन तस्करी प्रकरण : पूर्वसभामुख महराको बयान जारी

भेप भित्र सुन तस्करी प्रकरण : पूर्वसभामुख महराको बयान जारी

काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध...