विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

जस नेपाल

२५ जेठ २०८३

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन शाहले केही दिनअघि प्रतिनिधिसभामा सम्बोधनका क्रममा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने माग राख्दै बैठक सञ्चालनमा अवरोध जारी राखेका छन् ।

सम्बन्धित खवर

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) का राजनीतिक सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म,...

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

काठमाडौँ । प्रतिनिधि सभा नियमावली २०८३ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्री संसद्‌मा उपस्थित...

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

काठमाडौँ । सरकारद्वारा संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र...