काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पक्राउ परेका प्रतिवादी दीपक भट्ट र शुलभ अग्रवालको थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले भट्टको हकमा आठौँ पटक तथा अग्रवालको हकमा नवौँ पटक तीन–तीन दिन म्याद थप गर्ने आदेश दिएको हो ।
उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । अनुसन्धान नसकिएकाले थप समय आवश्यक रहेको भन्दै अनुसन्धान निकायले म्याद थपको माग गरेको थियो ।
सोही मागअनुसार अदालतले दुवै प्रतिवादीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ ।

