मोबाइल नष्ट गरेको विरोधमा सिरहामा विद्यार्थी प्रदर्शन

जस नेपाल

२५ जेठ २०८३

मोबाइल नष्ट गरेको विरोधमा सिरहामा विद्यार्थी प्रदर्शन

काठमाडाैँ । सिरहामा परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्ट घडी नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरू सडकमा उत्रिएका छन् ।

सोमबार सिरहा क्याम्पसबाट जिल्ला प्रशासन कार्यालयसम्म प्रदर्शन गर्दै उनीहरूले जफत गरिएका सामग्री नष्ट गर्ने निर्णय गैरकानुनी भएको आरोप लगाए । प्रदर्शनकारीहरूले पीडित विद्यार्थीलाई क्षतिपूर्ति दिन, घटनाको छानबिन गर्न र जिम्मेवार अधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थी संगठनहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै संविधानले प्रत्याभूत गरेको सम्पत्तिको हक उल्लङ्घन भएको दाबी गरेका छन् । परीक्षा अनियमिततामा संलग्नलाई कानुनअनुसार कारबाही गर्न सकिने भए पनि निजी सम्पत्ति नष्ट गर्ने अधिकार राज्यलाई नभएको उनीहरूको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका सात आइफोनसहित करिब ५०० मोबाइल फोन र स्मार्ट घडी नष्ट गरेको थियो ।

याे पनि – डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?

सम्बन्धित खवर

नेपाल-भारत सीमा विवादबारे सर्वोच्चको त्यो फैसला…

नेपाल-भारत सीमा विवादबारे सर्वोच्चको त्यो फैसला…

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संसदमा नेपाल-भारत सीमा मुद्दामा दिएको अभिव्यक्तिले हालै नेपालमा ठूलो...

सतर्कता केन्द्रको छड्के : करिब सात हजार सरकारी कर्मचारी समयमै पुग्दैनन् कार्यालय

सतर्कता केन्द्रको छड्के : करिब सात हजार सरकारी कर्मचारी समयमै पुग्दैनन् कार्यालय

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले...

काजकिरिया थालेको दुई दिनपछि जीवितै भेटिए दावा शेर्पा

काजकिरिया थालेको दुई दिनपछि जीवितै भेटिए दावा शेर्पा

काठमाडौँ । सात दिनअघि सगरमाथा आरोहणमा हराएका एक नेपाली शेर्पा गाइड दावा शेर्पाको मृत्यु...

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले अहिले नेपाली राजनीति मात्रै होइन,...