महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतकाे आदेश

११ मंसिर २०८२

महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतकाे आदेश

काठमाडाैं । उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीको शर्तमा रिहा गर्ने फैसला सुनाएको छ।  बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइपछि महरालाई थुनामुक्त गर्न धरौटी पर्याप्त हुने निष्कर्ष निकालेको हो।

आदेशमा भनिएकाे छ ‘तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा तहाँ अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ ।’

पछिल्लो समय महरामाथि भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्नता भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो। उजुरीको आधारमा प्रहरीले उनलाई समातेर थुनामा राखेर अनुसन्धान सुरु गरेको थियो।

यस अघि २०७६ असोजमा पनि संसद सचिवालयकी एक कर्मचारीले महरामाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। उक्त आरोप सार्वजनिक भएपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। त्यतिबेला प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। पछि  जाहेरीकर्ताले आफ्नो बयान परिवर्तन गरेपछि र प्रत्यक्ष प्रमाण पर्याप्त नभएको ठहर गर्दै अदालतले महरालाई सफाइ दिएको थियो।

सम्बन्धित खवर

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै...

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका...

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

काठमाडौँ । नेपालको सौन्दर्य उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ । यो वृद्धि भारत,...

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

काठमाडौँ । आफ्नाे सपनाकाे घर वा जग्गा किन्ने तयारीमा हुनुहुन्छ ? तर के तपाईंलाई...