नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

जस नेपाल

४ असार २०८३

नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
नदीमा हामफाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले देवचुली नगरपालिका–११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलको  आज बिहान उहाँलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।
उनलाई उपचारका लागि अस्पताल पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीको बीच भागमा अड्किएका २३ वर्षीय सञ्जीव विकको आज सकुशल उद्धार गरिएको छ ।
नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो ।

सम्बन्धित खवर

तीन सय ६७ किलो गाँजासहित तीनजना पक्राउ

तीन सय ६७ किलो गाँजासहित तीनजना पक्राउ

काठमाडौँ । प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ३६७...

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी...

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा...

काभ्रेमा साउन महिनामा ७४ आपराधिक घटना, ७६ जना पक्राउ

काभ्रेमा साउन महिनामा ७४ आपराधिक घटना, ७६ जना पक्राउ

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९...