दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा २४ घण्टाभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश

जस नेपाल

८ भदौ २०८३

दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा २४ घण्टाभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाद प्रसाईको हकमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर भक्तपुरसहित विपक्षीहरूलाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। साथै खानतलासीका क्रममा बरामद भएका सामानहरू पेसीको दिन अदालतमा ल्याउन निर्देशन दिएको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले संवत् २०८३ साल भदौ ८ गते( ०८३-WH-००४५) बन्दीप्रत्यक्षीकरण मुद्दामा उक्त आदेश जारी गरेको हो। निवेदक दुर्गा प्रसाद प्रसाईको श्रीमती उमा प्रसाईले दायर गरेको निवेदनमा निजको तर्फबाट वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलाल तथा अधिवक्ताहरू पारसमणि फुयाल, आशिष लुइटेल, सुरेश बोहरा र रेनुकादेवी सिटौलाले बहस गरेका थिए।

अदालतले आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको छ ।

साथै, मिति २०८३ साल भदौ ४ गतेको खानतलासी पूर्जीबमोजिम दुर्गा प्रसाईको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामानहरू पेसीको दिन लिई आउनु भनी जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउन निर्देशन दिइएको छ।

हेर्नुहोस् आदेश –

सम्बन्धित खवर

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

काठमाडौँ । नेपालको पहिलो प्रधान न्यायाधीश को हो ? कानूनका विद्यार्थीबाट तुरुन्तै जवाफ आउँछ-...

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले मुग्लिङ-पोखरा सडक स्तरोन्नति आयोजनामा संलग्न चिनियाँ निर्माण कम्पनीबाट शुक्लागण्डकी नगरपालिकाले...

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन...

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँके । बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन्...