उपरजिष्ट्रार पराजुलीको निधन, उच्च अदालत पाटनमा सबै इजलास स्थगित

जस नेपाल

१६ असार २०८३

उपरजिष्ट्रार पराजुलीको निधन, उच्च अदालत पाटनमा सबै इजलास स्थगित

ललितपुर । उच्च अदालत पाटनका उपरजिष्ट्रार (रा.प. द्वितीय) डिल्लीप्रसाद पराजुलीको असामयिक निधन भएपछि मंगलबारका लागि तय गरिएका सबै इजलासका सुनुवाइ स्थगित गरिएको छ ।

अदालतले मंगलबार सूचना जारी गर्दै उपरजिष्ट्रार पराजुलीको २०८३ असार १६ गते निधन भएको जनाउँदै शोकका कारण आजका सम्पूर्ण इजलासबाट हुने मुद्दाको सुनुवाइ स्थगित गरिएको जनाएको हो ।

सूचनाअनुसार स्थगित भएका मुद्दासम्बन्धी जानकारीका लागि सम्बन्धित शाखामा सम्पर्क गर्न सरोकारवालासँग अनुरोध गरिएको छ ।

उच्च अदालत पाटन परिवारले सूचना जारी गर्दै स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

सम्बन्धित खवर

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

वास्तवमा मेरो अध्ययन र ल प्राक्टिसको लामै अवधि भन्नुपर्छ। पुरानो अध्ययन हो मेरो ।...

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...