काठमाडौँ । काठमाडौँ उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियान पुन सुरु भएको छ ।
सोमबार बुढानीलकण्ठ नगरपालिकास्थीत कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको काठमाडौं महानगरले जनाएको छ ।
त्यस्तै अन्य केहि स्थानमा पनि अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने कार्य जारी रहेको महानगरले जानकारी दिएको छ । यसअघि थापाथली, तीनकुने, मनोहरा, धोवीखोला कोरिडोर, विष्णुमती नदी किनार लगाएतका क्षेत्रका अतिक्रमित संरचना खाली गरिएको थियो । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि गत शनिबारदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुम्वासी बस्ती हटाउने क्रम सुरु भएको हो ।
अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई बिभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा राखिएको भने भूमिहीन सुकुम्वासीको पहिचानको कार्य पनि अघि बढिरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

