‘महान्यायाधिवक्ता सविता भण्डारीले राजीनामा दिनुपर्छ’

१४ मंसिर २०८२

‘महान्यायाधिवक्ता सविता भण्डारीले राजीनामा दिनुपर्छ’

काठमाडौं । बालिकाहरुबाट डिम्ब तस्करी भएको विरोधमा कानूनी लडाइँ लडिरहेकी अधिवक्ता अंकिता त्रिपाठीले महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा मागेकी छिन् । महान्यायाधिवक्ता भण्डारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै उनले भण्डारीमाथि सीआईबीबाट छानविन र अनुसन्धानसमेत हुनुपर्ने माग गरिन् ।

डिम्ब तस्करी प्रकरणको भित्री रहस्यबारे जस नेपालसँग भिडियो कुराकानी गर्दै अभिवक्ता त्रिपाठीले भनिन्, ‘नैतिकताको हिसाबले पनि उहाँले राजीनामा दिनु नै पर्ने हो ।’

त्रिपाठीले अगाडि भनिन् ‘होप फर्टिलिटी, जहाँबाट यी बालिकाहरुको डिम्ब निष्कासन गरिएको हो, त्यहाँको शेयर होल्डरमध्येको एकजना महान्यायाधिवक्ता सविता भण्डारी पनि हुनुहुन्छ । यही घटनाको सन्दर्भमा जाहेरी परिसकेपछि सीआइबीले उहाँको वयान पनि लिएको अवस्था थियो । उहाँमाथि पनि त अनुसन्धान त हुनुपर्ने हो नि त ।’

यसै सन्दर्भमा अधिवक्ता त्रिपाठीले आइतबार दुईजना पीडित बालिकाका तर्फबाट महान्यायाधिवक्ता कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् । रिटमाथिको सुनुवाई सोमबार तोकिएको छ ।

यो पनि-

डिम्ब प्रकरण : महान्यायाधिवक्ता कार्यालयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब प्रकरणमा भण्डारीको पनि संलग्नता रहेको दाबी गर्दै अधिवक्ता त्रिपाठी भन्छिन्, ‘उहाँ पनि त शेयरहोल्डर हो । त्यसैले यसमा उहाँको पनि संलग्नता देखिन्छ । पूरक जाहेरी लिएर उहाँमाथि पनि अनुसन्धान हुनुचाहिँ एकदमै आवश्यक छ।
महान्यायाधिवक्ता कार्यालयले भने होप फर्टिलिटीविरुद्ध मुद्दा नचलाउने निर्णयमा महान्यायाधिवक्ता भण्डारीको संलग्नता नरहेको र सह–महान्यायधिवक्ताबाट उक्त निर्णय भएको दाबी गर्दै आएको छ ।

हेर्नुहोस्, महान्यायधिवक्ता कार्यालयको विज्ञप्ति –

तर, अधिवक्ता त्रिपाठी भने महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेको व्यक्तिले यस्तो तर्क गरेर उम्कन नमिल्ने बताउँछिन् । उनी भन्छिन्, ‘त्यसरी बाइपास गर्न मिल्दैन । सबै निर्णयहरु नायव महान्यायाधिवक्ताबाट आउने र महान्यायाधिवक्तालाई चाहिँ त्यो निर्णयका बारेमा थाहै नहुने भन्न मिल्दैन । यो एकदमै छोटो समयमा जसरी हठात् यो निर्णय आयो, यसलाई चाहिँ हामीलाई उहाँकै संलग्नता र उहाँकै इच्छाअनुरुप यस्तो निर्णय भएको हो भन्ने लाग्छ ।’

होप फर्टिलिटीका प्रतिवादीविरुद्ध मुद्दा नचलाउने निर्णयमा भण्डारीको संस्थागत स्वार्थ जोडिएको त्रिपाठीको आरोप छ । उनी भन्छिन्, ‘किनभने धेरैजना सामान्य मानिसहरुले महान्यायाधिवक्ता भनेको के हो भनेर बुझ्दा पनि बुझ्दैन् । पीडित आफैंले मलाई सोध्नुभयो, के भएको हो म्याम ?।’

यो पनि-

डिम्बदान र आईभीएफको विधिशास्त्र : वरदान या अपराध ?

अंकिता थप्छिन्, ‘यसमा शुरुमा सविता भण्डारीजीले उहाँ (प्रतिवादी)हरुको बचाऊमा प्रतिनिधित्व गर्नभयो, ठीक छ गर्न पाउनुहुन्छ । तर, महान्यायाधिवक्ताको पोजिसनमा आइसकेपछि उहाँले त्यसमा प्रत्यक्ष हस्तक्षेप गर्न मिल्दैन र यसलाई पीडितमैत्री दृष्टिकोणबाट हेरिदिनुपर्छ । किनभने, पीडितको त मुख्य वकिल भनेकै सरकारी वकिलको कार्यालय हो । सरकारी वकिलको प्रमुख भनेकै महान्यायाधिवक्ता हो । त्यसकारण पदबाट त नैतिकरुपमा उहाँले राजीनामा दिनुपर्ने हो।’

पीडित बालिकाहरुका तर्फबाट शुरुदेखि नै वकालत गर्दै आएकी अधिवक्ता त्रिपाठीसँग जस नेपालले सोधेको छ – डिम्ब प्रकरणको भित्री कथा के रहेछ ? र, अहिले यो प्रकरण कहाँ पुगेको छ ?

हेर्नुहोस् भिडियो–

सम्बन्धित खवर

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

काठमाडौँ । फागुन २१ को निर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनसँगै...

राष्ट्रियसभाका पूर्वसचिवलाई प्रश्न– सांसदलाई तलबले खान पुग्छ ?

राष्ट्रियसभाका पूर्वसचिवलाई प्रश्न– सांसदलाई तलबले खान पुग्छ ?

काठमाडौँ । प्रतिनिधिसभामा नवनिर्वाचित २७५ जना सांसदहरु खुशीले भुईँमा खुट्टा राख्ने स्थितिमा छैनन् ।...

‘अब संविधान ट्रयाकमा आयो, अदालतमा सरकारको छायाँ पर्न सक्छ’

‘अब संविधान ट्रयाकमा आयो, अदालतमा सरकारको छायाँ पर्न सक्छ’

काठमाडौं । फागुन २१ को निर्वाचन सकिएको छ । तर, संविधान संशोधनको बहस सकिएको...

प्रधानन्यायाधीश भएँ, प्रधानमन्त्री भएँ, अब पुग्यो : सुशीला कार्की

प्रधानन्यायाधीश भएँ, प्रधानमन्त्री भएँ, अब पुग्यो : सुशीला कार्की

काठमाडौँ/रासस ।  मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा...