एलएल.एम.को परीक्षाफल ७ दिनमै प्रकाशित

१५ मंसिर २०८२

एलएल.एम.को परीक्षाफल ७ दिनमै प्रकाशित

काठमाडौं । त्रिभूवन विश्वविद्यालय कानून संकाय, डीन कार्यालयले विगतमा ८ महिनादेखि एक वर्षसम्म लगाउने गरेको एलएल.एम.को परीक्षाको नतिजा यसपटक सात दिनमै प्रकाशित गरेर रेकर्ड कायम गरेको छ ।
त्रिवि कानुन संकायको डीन कार्यालयले गत मंसिर ९ गते सञ्चालित एलएल.एम. तह ( ४ सेमेष्टर समूह) को दोस्रो सेमेष्टर र एलएल.एम. तह (६ सेमेष्टर समुह) को दोश्रो सेमेष्टरका नियमित र आशिंक दुवैको नतिजा सोमबार (मंसिर १५ गते) प्रकाशित गरेको हो ।

त्रिवि कानुन संकायका सहायक डीन केशरमणि अर्यालका अनुसार त्रि.वि.कानुन संकायका नवनियुक्त डीन प्रा.डा. डीएन पराजुलीको कार्ययोजना बमोजिम सातै दिनमा नतिजा प्रकाशन सम्भव भएको हो ।

कानुन संकायले सञ्चालन गर्ने सेमेष्टर प्रणालीअन्र्तगतका परीक्षाहरुको सञ्चालन र नतिजा शैक्षिक कार्यतालिका बमोजिम निर्धारित समयमा गर्ने रहेको अर्यालले बताए ।

उनले भने, ‘डीन कार्यालयले लिने सेमेष्टर प्रणालीअन्र्तगतका सबै तहका परीक्षाहरुको नतिजा परीक्षा समाप्त भएको मितिले ६० दिनभित्रमा गरिसक्ने नीति रहेको छ ।’

त्यसैगरी, नेपाल ल क्याम्पसका उप–प्राध्यापक सरोजकुमार गिरीका अनुसार विगतमा नतिजा प्रकाशन गर्न ८–९ महिनासम्म लाग्ने गरेको थियो, जसका कारण विद्यार्थीको भविष्यमा नकारात्मक असर पर्नुका साथै मनोवैज्ञानिक समस्या समेत सिर्जना हुने गरेको थियो ।

कानून संकाय, डीनको कार्यालयले पाँचवर्षे बीए.एलएल.बी.र एलएल.एम. तीनवर्षे र दुई वर्षे) को परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

शेख हसिनाको पक्षमा उभियो नेपाल बार, मृत्युदण्डको फैसलाप्रति घोर आपत्ति

शेख हसिनाको पक्षमा उभियो नेपाल बार, मृत्युदण्डको फैसलाप्रति घोर आपत्ति

जनकपुरधाम । नेपाल बार एशोसिएसनले दक्षिण एसियामा मानव अधिकारको अवस्था गम्भीर संकटमा रहेको बताएको...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा छाड्ने विशेष अदालतको आदेश

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा छाड्ने विशेष अदालतको आदेश

काठमाडौं । भक्तपुर हेलीप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परी पोखरा विमानस्थल निर्माणमा समेत...

प्रारम्भिक सुनुवाइसम्बन्धी कानूनी अवधारणा र अदालती अभ्यास

प्रारम्भिक सुनुवाइसम्बन्धी कानूनी अवधारणा र अदालती अभ्यास

कुनै पनि मुद्दा अदालतमा पेश भएपछि त्यसको प्रारम्भिक मूल्याङ्कन, छलफल र आवश्यकता निरूपण गर्ने...

संवैधानिक इजलासमै वकील ढलेपछि उब्जिएको प्रश्न

संवैधानिक इजलासमै वकील ढलेपछि उब्जिएको प्रश्न

काठमाडौं । सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार न्यायाधीशहरुको प्रश्नका कारण एकजना कानून व्यवसायी...