प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

जस नेपाल

२१ जेठ २०८३

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

काठमाडौँ । प्रतिनिधि सभा नियमावली २०८३ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्री संसद्‌मा उपस्थित भएर सांसदहरूबाट प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ ।

नियमावलीको परिच्छेद-९ मा उल्लेखित व्यवस्थाअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन् । नियम ५६ मा स्पष्ट गरिएअनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा यस कार्यक्रमका लागि निर्धारण गर्नुपर्नेछ । यदि सो दिन बैठक बस्न नसकेमा त्यसपछिको बैठकको पहिलो घण्टा यसका लागि छुट्याइने छ ।

कार्यक्रम सञ्चालनका क्रममा सभामुखले प्रश्नकर्ता सदस्यको नाम बोलाउनेछन् । नाम बोलाइएका सदस्यले आफ्नो स्थानमा उभिएर प्रधानमन्त्रीलाई प्रश्न सोध्न सक्नेछन् भने प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने प्रावधान छ । एक दिनमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न पाउने छन् । एक सदस्यको प्रश्नको जवाफ पूरा भएपछि मात्र अर्को सदस्यको नाम बोलाइनेछ ।

नियम ५७ अनुसार यो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा निजी सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रश्न सोध्न चाहने सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिन अगावै सभामुखलाई दिनुपर्ने नियम ५८ को प्रावधान छ । 

नियम ५९ ले नियम ४८ मा उल्लेखित प्रश्नसम्बन्धी सर्तहरू यसमा पनि लागू हुने जनाएको छ। नियम ४९ बमोजिम प्रश्न गर्न नमिल्ने विषयमा प्रश्न सोध्न पाइने छैन । प्रश्न स्वीकारयोग्य छ वा छैन भन्ने निर्णय नियम ५० अनुसार सभामुखले गर्नेछन् भने अन्य कार्यविधि सभामुखले निर्धारण गरे बमोजिम हुनेछ ।

नियम ६० मा भने स्पष्ट रूपमा नियमावलीको परिच्छेद-९ अनुसार प्रधानमन्त्रीले दिएको जवाफमाथि संसद्‌मा कुनै छलफल नगरिने व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) का राजनीतिक सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म,...

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

काठमाडौँ । सरकारद्वारा संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र...

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा मामिलामा दिएको अभिव्यक्तिले ठूलो...