अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीलाई सर्वाेच्चले माग्याे लिखित जवाफ

७ मंसिर २०८२

अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीलाई सर्वाेच्चले माग्याे लिखित जवाफ

काठमाडाैं ।  राजदूत फिर्ता बोलाउने सरकारी निर्णयमा सर्वोच्च अदालतको अन्तरिम आदेश अवमानना गरिएको दाबीपछि दायर गरिएको अवहेलना मुद्दामा प्रधानमन्त्री सुशीला कार्कीलाई लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दायर गरेको निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबारसम्म जवाफ बुझाउन निर्देशन जारी गरेको हो।

सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई असोज ३० मा फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चको संयुक्त इजलासले कात्तिक १६ मा ‘यथास्थिति कायम राख्न’ आदेश दिएको थियो।

तर अन्तरिम आदेश जारी रहेकै अवस्थामा परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतहरूलाई मन्त्रालयमै हाजिर हुन निर्देशन दिएपछि उनीहरू कार्यालय पुगेका थिए। यही कदमलाई अदालतको आदेश उल्लंघन भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको हो।

प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चमा सुनुवाइ हुँदै

सम्बन्धित खवर

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट : सुनुवाइ आगामी मंगलबार हुने

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट : सुनुवाइ आगामी मंगलबार हुने

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर...

सर्वोच्चले खारेज गर्यो संवैधानिक परिषद् अध्यादेशसम्बन्धी रिट

सर्वोच्चले खारेज गर्यो संवैधानिक परिषद् अध्यादेशसम्बन्धी रिट

काठमाडौँ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो...

अदालतमा प्रत्यक्ष प्रसारणको अभ्यासतर्फ नेपाल, गोपनीयताको हक उलङ्घन हुने बहस

अदालतमा प्रत्यक्ष प्रसारणको अभ्यासतर्फ नेपाल, गोपनीयताको हक उलङ्घन हुने बहस

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा भएको थुनछेक बहस अभिलेखीकरण...

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णु प्रसाद पौडेललाई...