शेख हसिनाको पक्षमा उभियो नेपाल बार, मृत्युदण्डको फैसलाप्रति घोर आपत्ति

२४ मंसिर २०८२

शेख हसिनाको पक्षमा उभियो नेपाल बार, मृत्युदण्डको फैसलाप्रति घोर आपत्ति

जनकपुरधाम । नेपाल बार एशोसिएसनले दक्षिण एसियामा मानव अधिकारको अवस्था गम्भीर संकटमा रहेको बताएको छ ।

जनकपुरधाममा आज (बुधबार) आयोजित मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीमा नेपाल बार एशोसिएसनका तर्फबाट प्रस्तुत गरिएको कार्यपत्रमा दक्षिण एशियामा मानवअधिकारको अवस्था चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको हो ।

कार्यपत्रमा खास गरी बंगलादेश, नेपाल र पाकिस्तानको विषयमा चर्चा गरिएको छ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएकोमा नेपाल बारले आपत्ति जनाएको छ ।

कार्यपत्रमा भनिएको छ, ‘बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधका नाममा दिइएको मृत्युदण्डको फैसलाको घोर भर्सना गर्दछौं ।’

त्यसैगरी बारले पाकिस्तानका सन्दर्भमा भनेको छ, ‘पाकिस्तानमा २७ औं संवैधानिक संशोधनमार्फत न्यायपालिकाको न्यायिक पुनरावलोकनको अधिकार खोसिएको कुराको कडा असन्तुष्टिका साथ घोर भर्सना व्यक्त गर्दछौं ।’

नेपालको जेनजी आन्दोलन, हसिनाको सजाय र अन्तर्राष्ट्रिय कानून

 

जेनजी आन्दोलनका दोषीलाई कारवाही गर्न माग

नेपालमा जेनजी प्रदर्शनका क्रममा भएको दमनको बारले विरोध गरेको छ ।

मानवअधिकार गोष्ठीमा प्रस्तुत कार्यपत्रमा भनिएको छ, ‘जेनजी प्रदर्शनका क्रममा भएको अत्यधिक बल प्रयोग, युवाहरूको जीवनको हकको हरण, अराजक तथा उच्छृङ्खल गतिविधिका कारण संघीय संसद भवन, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, सर्वोच्च अदालतसहित न्यायपालिका विभिन्न अड्डा अदालत, नेपाल बारको भवन लगायतका राष्ट्रिय महत्वका भौतिक संरचना तथा सम्पति र थुप्रै व्यक्तिगत र व्यवसायिक संरचना तथा सम्पति नष्ट भएबाट राज्यलाई पुग्न गएको ठूलो क्षति र सोबाट समग्र मानव अधिकारमा पर्न गएको आधातप्रति हार्दिक समवेदना तथा खेद प्रकट गर्दछौं ।’

त्यसैगरी १९ वर्षदेखिको संक्रमणकालीन न्यायको विषयमा दण्डहीनता, सीमान्तकृत समुदायको बहिस्करण, बाल न्यायको कमजोरी तथा बढ्दो डिजिटल हिंसा‚लैङ्गिक हिंसाले मानव अधिकार संरक्षणलाई थप चुनौती खडा गरेकोमा बारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

हेर्नुहोस् मानवअधिकार गोष्ठीमा प्रस्तुत कार्यपत्रको पूर्णपाठ-

जेनजी आन्दोलनपछिको मानवअधिकार : जनकपुरधाममा प्रस्तुत भयो १८ बुँदे कार्यपत्र (पूर्णपाठ)

सम्बन्धित खवर

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषदबाट डा. मनोज...

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न,  मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

काठमाडाैँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जस...

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

काठमाडौँ । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक्सको आयात रोक्दा युवाहरूको स्वास्थ्य जोगिन्छ भन्ने आशा थियो।...

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

काठमाडाैँ ।  कानून दिवसकाे‍ अवसरमा नेपाल बार एसाेसिएशनकाे आयाेजनामा संविधानवाद र कानूनी शासनमा देखिएका...