प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

२ पुष २०८२

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेसहित आठ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक घिमिरेसहितले मंसिर २३ गते दायर गरेको उक्त रिटमा बुधवार सर्वोच्चको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र सभामुख देवराज घिमिरेलगायतलाई प्रतिवादी बनाइएको छ ।

उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको इजलासमा भएको थियो ।

रिट निवेदकहरूले संविधान विपरीत प्रधानमन्त्री नियुक्त गरिएको र असंवैधानिक व्यक्तिकै सिफारिसमा संसद् विघटन गरिएको भन्दै तत्काल संसद् पुनःस्थापना गर्नुपर्ने माग गरेका छन्‌ । साथै; ‘प्रथम दृष्टिमै असंवैधानिक देखिने प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गरी ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने’ माग राखेका छन् ।

रिटमा निर्वाचनका सबै गतिविधि रोक्नसमेत माग गरिएको छ ।

सम्बन्धित खवर

राहदानी ऐन २०७६ संशोधन :  विश्वव्यापीकरण सुहाउँदो व्यवस्था ल्याउने परराष्ट्र मन्त्रीको दाबी

राहदानी ऐन २०७६ संशोधन :  विश्वव्यापीकरण सुहाउँदो व्यवस्था ल्याउने परराष्ट्र मन्त्रीको दाबी

काठमाडौँ । सरकारले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ‘राहदानी ऐन, २०७६’ लाई संशोधन...

कोशी प्रदेशसभामा आर्थिक कार्यविधि ऐन संशोधन विधेयक पेस

कोशी प्रदेशसभामा आर्थिक कार्यविधि ऐन संशोधन विधेयक पेस

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,...

औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा

औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा

काठमाडौँ । सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवर्द्धन गर्दै लगानीकर्ताको मनोवल उच्च...

एमाले हुँ भन्दाभन्दै सचिवालयले हटाएपछि सर्वोच्चमा मुद्दा

एमाले हुँ भन्दाभन्दै सचिवालयले हटाएपछि सर्वोच्चमा मुद्दा

काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह ०७९ मा एमालेबाट निर्वाचित मेयर...