सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

जस नेपाल

३१ असार २०८३

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षमा १६६ वटा विधेयक संसदबाट पारित गर्ने कार्यसूची निर्धारण गरेको छ । तीमध्ये ६४ वटा विधेयकलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई भेटेर आगामी वर्ष निर्माण गरिने कानूनको मस्यौदा सूची र कार्यतालिका बुझाएकी हुन् ।

कानून मन्त्रालयले आगामी वर्षमा सदनमा पेस गरिने विधेयकहरुको सूचीसहितको वार्षिक कार्यतालिका बनाएर असार मसान्तभित्र सङ्घीय संसदमा पठाइसक्नुपर्ने विधायन ऐन, २०८१ को दफा ३ मा व्यवस्था छ।

नयाँ आर्थिक वर्षमा सङ्घीय संसदमा पेस गरिने विधेयकको संख्या १६६ रहेको छ। यसमा ९७ वटा नयाँ विधेयक हुन् भने ६९ वटा पुरानै कानूनमा संशोधन गर्ने विधेयक रहेका छन् ।

संसदमा प्रस्तुत हुने १६६ विधेयकमध्ये ६४ वटा पहिलो प्राथमिकतामा परेका  छन् दोस्रो प्राथमिकतामा ४५ वटा र तेस्रो प्राथमिकतामा ५७ वटा विधेयकलाई राखिएको छ ।

मन्त्रालयगत रुपमा एक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट १५ र अर्थ मन्त्रालयबाट १५ वटा विधेयक संसदमा पेश हुनेछन् ।

त्यसैगरी, उद्योग मन्त्रालयबाट ४, उर्जाबाट ४, कानून मन्त्रालयबाट १७ र कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट १३ वटा विधेयक नयाँ आर्थिक वर्षमा संसदमा पेश हुनेछन् ।

त्यस्तै, गृह मन्त्रालयबाट ११, परराष्ट्रबाट ४, पूर्वाधार विकास मन्त्रालयबाट १६, भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयबाट ८ वटा विधेयक संसदमा जानेछन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट ७ वटा विधेयक पेश हुनेछन् भने युवा, श्रम तथा रोजगार मन्त्रालयबाट ५ वटा, रक्षा मन्त्रालयबाट एउटा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट ४ वटा र शिक्षा मन्त्रालयबाट ९ वटा विधेयक पेश हुने छन् ।

सूचना तथा सञ्चार मन्त्रालयबाट ६ वटा पर्यटन मन्त्रालयबाट ११ वटा र स्वास्थ्य मन्त्रालयबाट १६ विधेयक नयाँ आर्थिक वर्षमा संसदमा पेस हुने कानून मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् विधेयकको प्राथमिकताको सूची–

सम्बन्धित खवर

राहदानी ऐन २०७६ संशोधन :  विश्वव्यापीकरण सुहाउँदो व्यवस्था ल्याउने परराष्ट्र मन्त्रीको दाबी

राहदानी ऐन २०७६ संशोधन :  विश्वव्यापीकरण सुहाउँदो व्यवस्था ल्याउने परराष्ट्र मन्त्रीको दाबी

काठमाडौँ । सरकारले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ‘राहदानी ऐन, २०७६’ लाई संशोधन...

कोशी प्रदेशसभामा आर्थिक कार्यविधि ऐन संशोधन विधेयक पेस

कोशी प्रदेशसभामा आर्थिक कार्यविधि ऐन संशोधन विधेयक पेस

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,...

औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा

औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा

काठमाडौँ । सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवर्द्धन गर्दै लगानीकर्ताको मनोवल उच्च...

एमाले हुँ भन्दाभन्दै सचिवालयले हटाएपछि सर्वोच्चमा मुद्दा

एमाले हुँ भन्दाभन्दै सचिवालयले हटाएपछि सर्वोच्चमा मुद्दा

काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह ०७९ मा एमालेबाट निर्वाचित मेयर...