पूर्वगृहमन्त्री रमेश लेखकमाथिकाे स्थान हद फुकुवा

१७ पुष २०८२

पूर्वगृहमन्त्री रमेश लेखकमाथिकाे स्थान हद फुकुवा

काठमाडौं । भदौ २३ र २४ गते घटेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथिकाे स्थान हद फुकुवा गर्न गृहमन्त्रालयलाई पत्रचार गरेको छ।

जाँचबुझ आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै आयोगको अनुसन्धान दायराभित्र रहे पनि पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न नपाउनेसम्बन्धी व्यवस्था फुकुवा गर्न अनुरोध गरेको हो।

आयोगका अनुसार यसअघि भदौ १२ गते बसेको बैठकले अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक लगाउने र काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो। तर हाल सो निर्णयको उद्देश्य पूरा भइसकेकाले उक्त व्यवस्था फुकुवा गर्नुपर्ने निष्कर्षमा आयोग पुगेको पत्रमा उल्लेख छ।

आयोगले मिति २०८२ पुस १७ गते निर्णय गर्दै पूर्व निर्णयअनुसार लगाइएको रोक हटाइदिन गृह मन्त्रालयलाई औपचारिक जानकारी गराएको हो।

उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत बोधार्थ पठाइएको छ।

याे पनि –

‘रमेश लेखकको बयान सकियो, केपी ओलीलाई बोलाउने तयारी हुँदैछ’ : जाँचबुझ आयोग अध्यक्ष कार्की

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...