पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथिको भ्रमण प्रतिबन्ध फुकुवा

२१ पुष २०८२

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथिको भ्रमण प्रतिबन्ध फुकुवा

काठमाडौँ । भाद्र २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित ‘जाँचबुझ आयोग, २०८२’ ले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने प्रतिबन्ध (स्थानहद) फुकुवा गरेको छ ।

सोमबार (आज) बसेको आयोग बैठकले उक्त निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा जेन-जी विद्रोहका क्रममा ओलीको संलग्नता र कामकारबाहीबारे सोधपुछ तथा आवश्यक अनुसन्धानको कार्य सम्पन्न भइसकेकाले उनीमाथि लगाइएको रोक हटाउने निर्णय गरिएको आयोगले जनाएको हो ।

आयोगका सदस्य एवम्‌ प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, “ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिएको छ।”

यसअघि अनुसन्धानको सिलसिलामा आयोगको २०८२ असोज १२ गतेको बैठकले ओलीलाई आयोगको अनुमतिबिना विदेश जान र काठमाडौँ उपत्यका छाड्न रोक लगाउने निर्णय गरेको थियो । अनुसन्धानको प्रक्रिया पूरा भएपछि आयोगले सम्बन्धित निकाय र ओलीलाई समेत यस निर्णयको जानकारी गराएको छ । ओलीले आइतबार आयोगका अधिकारीहरूलाई लिखित बयान दिएका थिए ।

भाद्र २३ र २४ गते भएका विशेष घटनाहरूको सत्यतथ्य पत्ता लगाउन सरकारले यो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले जारी गरेको विज्ञप्ति :

याे पनि –

कानूनका डाक्टरलाई ‘घुस्याहा मन्त्रालय’ को शल्यक्रिया गर्ने जिम्मा

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...