बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता जारी

२४ पुष २०८२

बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता जारी

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् ।

प्रजिअ तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको नामबाट नागरिकता प्रदान गरिएको हो । नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको गोडीयाले बताए ।

“१७ वर्षको उमेरदेखि निरन्तर खेलकुदमा सक्रिय छु, वि.सं. २०८० मा काठमाडौंमा सम्पन्न अन्तर नगरपालिका राष्ट्रिय खेलकुद तथा २०८१ मा चितवनमा भएको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएँ, तर कागजातको अभावले धेरै अवसर गुमाउनुपर्‍यो”, उनले भने । नागरिकता प्राप्त भएपछि जीवनको ठूलो बाधा हटेको महसुस भएको उनले बताए ।

प्रजिअ तामाङले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकका हकअधिकार सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनका अनुसार नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै नागरिकका समस्या संवेदनशीलतापूर्वक सम्बोधन गरिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकका गुनासो तत्काल सम्बोधन गर्ने नीति लिएको जनाएको छ । कार्यालयभित्र अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्दै नागरिकको समय र श्रमको सम्मान गर्ने कार्यसंस्कृति विकास गरिँदै आएको प्रशासनको भनाइ छ ।

सम्बन्धित खवर

प्रधानन्यायाधीश सिफारिसबारे प्रचण्डको चासो – सरकारको धारणा प्रष्ट पार्न माग

प्रधानन्यायाधीश सिफारिसबारे प्रचण्डको चासो – सरकारको धारणा प्रष्ट पार्न माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठता मिचिएको...

सांसद निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयत्न किन ?

सांसद निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयत्न किन ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा सांसदहरुलाई भ्रष्टाचार मुद्दामा...

राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्यति र परम्परालाई तलमाथि पार्न नहुने बताएका छन् ।...

प्रधानमन्त्रीले मानेनन् सर्वोच्चको निम्तो !

प्रधानमन्त्रीले मानेनन् सर्वोच्चको निम्तो !

काठमाडौँ । सर्वोच्च अदालतले कनून दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित...