आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

३० पुष २०८२

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड र मतदाता परिचयपत्रलाई जन्म मितिको निर्णायक वा ठोस प्रमाण मान्न नसकिने स्पष्ट पारेको छ ।

न्यायाधीश जयकुमार पिल्लईको एकल इजलासले सेवा निवृत्त भइसकेकी एक कर्मचारीलाई पुनः बहाली गर्ने आदेश खारेज गर्दै यस्तो टिप्पणी गरेको हो । अदालतका अनुसार यी कागजातहरू स्वःघोषणाका आधारमा बनाइने हुनाले यिनलाई उमेर निर्धारण गर्ने वैधानिक प्रमाण मान्न सकिँदैन ।

यो विवाद धार जिल्लाको जम्ली केन्द्रकी आँगनवाडी सहायिका प्रमिलाको नियुक्तिसँग सम्बन्धित हो । यसअघि सोही पदमा कार्यरत हिरलीबाई ६२ वर्षको उमेर पूरा गरी सेवा निवृत्त भएपछि प्रमिलालाई नियुक्त गरिएको थियो ।

तर, सेवा निवृत्त भएको करिब दुई वर्षपछि हिरलीबाईले आफ्नो जन्ममिति सरकारी अभिलेखमा गलत भएको दाबी गर्दै पुनरावेदन गरिन् । उनले आफ्नो आधार कार्ड र मतदाता परिचयपत्रलाई आधार मान्दै आफू अझै सेवा निवृत्त हुने उमेरमा नपुगेको जिकिर गरिन् ।

सुरुमा अतिरिक्त कलेक्टरले हिरलीबाईको पक्षमा फैसला गर्दै उनलाई पुनस् बहाली गर्न र प्रमिलालाई सेवाबाट हटाउन आदेश दिएका थिए । सोही आदेशविरुद्ध प्रमिलाले उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले भनेको छ, ‘आधार कार्ड र मतदाता परिचयपत्र केवल पहिचानका लागि हुन्। यी कागजातहरू व्यक्तिको आफ्नै घोषणाका आधारमा तयार पारिन्छन्, त्यसैले सेवा सम्बन्धी विषयमा उमेर प्रमाणित गर्न यिनलाई प्राथमिक वा वैधानिक प्रमाणका रूपमा लिन सकिँदैन ।’

अदालतले सेवामा प्रवेश गर्दा तयार पारिएका आधिकारिक अभिलेखहरूलाई नै विश्वसनीय मानिने जनाएको छ । साथै, सेवा निवृत्त भइसकेपछि लामो समयसम्म चुप लागेर बस्ने र पछि उमेर सच्याउन माग गर्ने कार्यलाई अदालतले ‘प्रशासनिक अनिश्चितता निम्त्याउने’ कदम ठहर गरेको छ ।

अदालतले प्रमिलालाई आँगनवाडी सहायिका पदमा तत्काल पुनः बहाली गर्न र उनलाई सबै सेवा सुविधाहरू उपलब्ध गराउन निर्देशन दिएको छ ।

सम्बन्धित खवर

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

ज्ञान, तथ्य र प्रमाणको व्यवस्थित खोज, विश्लेषण तथा व्याख्या गर्ने वैज्ञानिक विधि र व्यवस्थित...

सिराहा मोबाइल नष्ट प्रकरण : गैरकानुनी कार्यको जिम्मेवारी कसले लिने ?

सिराहा मोबाइल नष्ट प्रकरण : गैरकानुनी कार्यको जिम्मेवारी कसले लिने ?

काठमाडौँ  । सिराहामा एसईई तथा एसएलसी (+2) परीक्षाका क्रममा जफत गरिएका सयौं मोबाइल फोन...

मन्त्रिपरिषद्‌को निर्णय : संविधान संशोधन कार्यदलको म्याद थपदेखि ३० वर्ष पुरानो रावल आयोगको प्रतिवेदन कार्यान्वयनसम्म

मन्त्रिपरिषद्‌को निर्णय : संविधान संशोधन कार्यदलको म्याद थपदेखि ३० वर्ष पुरानो रावल आयोगको प्रतिवेदन कार्यान्वयनसम्म

काठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप्नेदेखि ३० वर्ष पुरानो...

२६ अर्बभन्दा बढी बिगो दाबी गर्दै दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

२६ अर्बभन्दा बढी बिगो दाबी गर्दै दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

काठमाडौँ  । बीमा, धितोपत्र तथा वित्तीय कारोबारसँग जोडिएको प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक...