सुशासन र सामाजिक न्याय सुनिश्चित हुने गरी घोषणापत्र ल्याउन दलहरूलाई सुझाव

१४ माघ २०८२

सुशासन र सामाजिक न्याय सुनिश्चित हुने गरी घोषणापत्र ल्याउन दलहरूलाई सुझाव

काठमाडौँ । गैरसरकारी संस्था महासंघ (एनजीओ फेडेरेशन), नेपालले राजनीतिक दलहरूलाई लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको सुनिश्चितता हुने गरी चुनावी घोषणापत्र जारी गर्न  सुझाव दिएको छ । यतिखेर दलहरूले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सन्दर्भमा घोषणापत्र जारी गर्न थालेका छन्‌ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बुधबार राष्ट्रिय नेतृत्वस्तरदेखि स्थानीय नेतृत्वसम्म सक्षम, जवाफदेही र पारदर्शी नेतृत्वको सुनिश्चितताका साथै लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको सुनिश्चितता हुने गरी घोषणापत्र जारी गर्न सुझाव दिएको हो ।

पुस्तान्तरण र रूपान्तरणसहितको नेतृत्व विकासमा जोड दिनुपर्ने, आवश्यक कानून निर्माण र विद्यमान कानूनमा रहेका कमजोरीको समसामयिक संशोधन, निर्वाचित सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्येक तीन महिनामा भेटघाट कार्यक्रम सञ्चालन गर्ने नीति तय गर्नुपर्ने महासंघको सुझाव छ ।

त्यसैगरी सांसद र नागरिक बीच निरन्तर संवाद, जवाफदेहिता र पारदर्शिता सुनिश्चित हुनुपर्ने, वैदेशिक सहयोग र ऋण राष्ट्रिय प्राथमिकता, संविधान र जनहितअनुकूल नीति अनुरूप लागू गर्ने, नीतिगत वा राजनीतिक शर्तसहितको वैदेशिक सहयोग स्वीकार्य नहुने नीति स्पष्ट गर्नुपर्ने समेत सुझाव दिइएको छ ।

नीति निर्माण, बजेट विनियोजन, योजना कार्यान्वयन र परिणामको निगरानीमा नागरिक समाजको सक्रिय सहभागिता सुनिश्चितका लागि समेत जोड दिनुपर्ने महासंघका अध्यक्ष अर्जुन भट्टराईले बताए ।

नागरिकको जीवनसँग जोडिएका रोजगारी, समान अवसर, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानजनक जीवनका सवालहरू ओझेलमा परेको अवस्थामा आर्थिक तथा सामाजिक अधिकार स्थापित नभएसम्म राजनीतिक अधिकारको दिगोपना सम्भव नहुने महासंघको भनाइ छ ।

सम्बन्धित खवर

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

रवि दाइ, तपाईंलाई म बुझाइदिन्छु…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषदबाट डा. मनोज...

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न,  मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, मानबहादुर र शेरबहादुरको टोलीले हात पार्‍यो उपाधि

काठमाडाैँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूमाझ आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जस...

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

सरकारलाई प्रश्न – डाक्टरको सल्लाहबिनै कति ‘क्याफिन’ खाने ?

काठमाडौँ । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक्सको आयात रोक्दा युवाहरूको स्वास्थ्य जोगिन्छ भन्ने आशा थियो।...

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

नेपाल बार एसोसिएसन संवैधानिक समितिको कार्यक्रम सुरु (Live)

काठमाडाैँ ।  कानून दिवसकाे‍ अवसरमा नेपाल बार एसाेसिएशनकाे आयाेजनामा संविधानवाद र कानूनी शासनमा देखिएका...