प्रतिनिधिसभा : १ करोड ३७ लाख मतपत्र छापिए, ६६ लाख छाप्न बाँकी

जस नेपाल

२७ माघ २०८२

प्रतिनिधिसभा : १ करोड ३७ लाख मतपत्र छापिए, ६६ लाख छाप्न बाँकी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् ।

निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका मतपत्र छापिएका हुन् । दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको छ ।

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छापिइसकेका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ । अर्थात् अझै ६६ लाख मतपत्र छाप्न बाँकी रहेकाे छ ।

सम्बन्धित खवर

सम्पत्ति जाँच्ने पुरुषहरुमाथि प्रश्नै प्रश्न

सम्पत्ति जाँच्ने पुरुषहरुमाथि प्रश्नै प्रश्न

काठमाडौँ । जेनजी आन्दोलनको जगमा निर्मित बालेन सरकारले उच्चपदस्थ पूर्वपदाधिकारी र पूर्वकर्मचारीहरुको सम्पत्ति छानबिन...

शान्ति प्रक्रिया टुंग्याउन २१ करोड ९१ लाख १७ हजार बजेट

शान्ति प्रक्रिया टुंग्याउन २१ करोड ९१ लाख १७ हजार बजेट

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन...

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक जारी छ । सभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित...

सम्पत्ति शुद्धीकरण ऐन संशोधन गरौँ : दीपक मल्होत्रा

सम्पत्ति शुद्धीकरण ऐन संशोधन गरौँ : दीपक मल्होत्रा

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले सम्पत्ति शुद्धीकरण ऐनले व्यावसायीहरुलाई...