गृहमन्त्री मगाएको अमलेटमा माछाको काँडा भेटिएपछि होटल सञ्चालकमाथि केरकार, ३ लाख जरिवाना

जस नेपाल

९ असार २०८३

गृहमन्त्री मगाएको अमलेटमा माछाको काँडा भेटिएपछि होटल सञ्चालकमाथि केरकार, ३ लाख जरिवाना

चितवन । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा अमलेट खाने क्रममा माछाको काँडा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटल व्यवस्थापनसँग केरकार गरेको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार पार्टीको महाधिवेशनका लागि चितवनमा रहेका गुरुङले लड्स प्लाजा होटलमा अमलेट खाँदा माछाको काँडा फेला परेको थियो। घटनापछि सम्बन्धित निकायले होटल सञ्चालक पक्षसँग अखाद्य वस्तु कसरी पर्याे भन्ने विषयमा जानकारी लिएको जनाएको छ ।

यद्यपि, केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएजस्तो होटलका कर्मचारी वा सञ्चालकलाई पक्राउ गरिएको समाचार सत्य नभएका गृहमन्त्रीकाे सचिवालकाे जिकिर छ । सचिवालयले सोमबार सूचना जारी गर्दै खाद्य विभागले सामान्य सोधपुछ मात्र गरेको र कसैलाई पनि नियन्त्रणमा नलिइएको स्पष्ट पारेको छ ।

सचिवालयले तथ्यभन्दा फरक ढंगले समाचार सम्प्रेषण भएको भन्दै यथार्थ सूचना सार्वजनिक गरेको जनाएको छ ।

३ लाख रुपैया जरिवाना

यसैबीच, चितवन जिल्ला प्रशासन कार्यालयले होटललाई ३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

सम्बन्धित खवर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको...

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा...

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान...

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक...