टिकटकर तुलसा अधिकारीविरुद्ध तीन कसुरमा अनुसन्धान सुरु

जस नेपाल

११ फागुन २०८२

टिकटकर तुलसा अधिकारीविरुद्ध तीन कसुरमा अनुसन्धान सुरु

काठमाडौँ । नेपालका टिकटक प्रयोगकर्तामाझ चर्चित तुलसा अधिकारीविरुद्ध नेपाल प्रहरीले तीन छुट्टाछुट्टै कसुरमा अनुसन्धान अघि बढाएको छ ।

तुल्सा कलेक्सन र तुल्सा ज्वेलरी डिजाइनर लगायत टिकटक खाताबाट गहना लगायतको प्रचार र बिक्री गर्ने गरेकी अधिकारीविरुद्ध प्रहरीले ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको हो ।

प्रहरीका अनुसारस अधिकारीविरुद्ध गएको साउनमा प्रहरी वृत्त सातदोबाटोमा ठगी र आपराधिक विश्वासघातको कसुरमा उजुरी परेको थियो । अधिकारीले टिकटिकबाट ब्ल्याकमेलिङ भन्दै ललितपुरको सातदोबाटोस्थित एक अटोमोबाइल्स (सवारीसाधन किनबेच गर्ने) व्यवसायीले प्रहरीमा उजुरी दिएका थिए ।

उक्त उजुरीलाई लिएर अनुसन्धान गर्दा अधिकारीको खातामा ठूलो रकम कारोबार भएको भेटिएको थियो ।

प्रायः चीनमै रहने गरेकी अधिकारीको बैङ्क खातामा स्रोत खुल्न नसकेको करोडौँ रकम कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण कसुरमा पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर

अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक...

बैतडीमा ४०७ जनाले बुझाए हातहतियार

बैतडीमा ४०७ जनाले बुझाए हातहतियार

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय...

युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

काठमाडौँ । आकर्षक तलबसहित युरोपियन मुलुकहरूमा रोजगारी मिलाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ उठाउने...

काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६ अपराधका मुद्दा दर्ता भएको छ ।...