जलेको काठमाडौं जिल्ला अदालत आजदेखि पूर्ण सञ्चालनमा

जस नेपाल

८ चैत २०८२

जलेको काठमाडौं जिल्ला अदालत आजदेखि पूर्ण सञ्चालनमा

काठमाडौँ । गत भदौ २४ गतेको आगजनीबाट क्षति भएको काठमाडौँ जिल्ला अदालतको मूल भवन आइतबारदेखि पूर्ण सञ्चालनमा आएको छ।

मूल भवनमा आगजनीबाट क्षतिपुग्दा त्यहाँ सञ्चालन भइरहेका २३ वटा इजलासहरु प्रभावित भएका थिए । आज (चैत ८ गते ) देखि उक्त जलेको संरचनामा पनि इजलास सञ्चालन हुन थालेको अदालतले जनाएको छ ।

क्षति भएको मूल भवनको तेस्रो, चौथो र पाँचौ तलाका केही इजलास तथा कोठाहरू सञ्चालन गर्न सकिने भनी शहरी विकास तथा भवन निर्माण कार्यालयबाट प्राप्त प्रतिवेदनमा उल्लेख भई आएअनुसार उक्त तलामा समेत नियमित इजलास सञ्चालन हुन थालेको अदालतको सूचनामा भनिएको छ ।

मूल भवन, दोस्रो भवन, तेस्रो भवन र चौथो भवनमा समेत इजलास कायम हुने अदालतले सूचनामार्फत जानकारीदिएको छ ।

तर, मूल भवनमा सीमित संख्यामा सेवाग्राही प्रवेश गराउनुपर्ने भएकोले अनिवार्यरुपमा प्रवेश पास लिएर तोकिएको सेवाग्राही मात्रै इजलासमा प्रवेश गर्नुहुन अदालतले भनेको छ ।

सम्बन्धित खवर

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कोटा कम भएका कारण कानून पढ्न चाहनेहरुले पढाइबाट बञ्चित रहँदै...

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

काठमाडौँ । नेपालले तिब्बतीदेखि भूटानीसम्मका हजारौँ शरणार्थीलाई दशकौँदेखि आश्रय दिँदै अन्तर्राष्ट्रिय स्तरमा मानवीय छवि...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

काठमाडौँ । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशको पद रिक्त अवस्थामा छ । चैत १८ गतेदेखि...