ओली र रमेश लेखकको रिट न्यायाधीश शर्मा र पोखरेलको बेञ्चमा

जस नेपाल

२२ चैत २०८२

ओली र रमेश लेखकको रिट न्यायाधीश शर्मा र पोखरेलको बेञ्चमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकका तर्फबाट सरकारविरुद्ध दायर गरिएको रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।

गत आइतबार परेको रिट निवेदनमाथि सोमबार पहिलो सुनुवाई भई सरकारका नाममा तीन दिने कारण देखाऊ आदेश जारी भएको थियो।

सरकारले महान्यायाधिवक्ता कार्यालयका तर्फबाट जवाफ पठाउँदै ओली र लेखकको गिरफ्तारी कानूनसम्मत भएको दाबी गरेको छ ।

सरकारी पक्षको जवाफ आइसकेपछि आज यो रिटको सुनुवाई न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको बेञ्चमा परेको छ ।

यो पनि-

सर्वोच्चलाई लिखित जवाफ पठाउँदै महान्यायाधिवक्ता कार्यालयले भन्यो – ओलीको गिरफ्तारी कानूनसम्मत (पूर्णपाठसहित)

रमेश लेखकको पक्राउबारे महान्यायाधिवक्ता कार्यालयको जवाफ – कानूनभन्दा माथि कोही छैन, पूर्व गृहमन्त्री हुँदैमा उन्मुक्ति पाइँदैन

ओलीको गिरफ्तारी : फौजदारी कानूनले के भन्छ ?

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...