सिंहदरबारको प्रशासनिक अदालत प्रवेशमै वकीललाई कडाइ

जस नेपाल

२५ चैत २०८२

सिंहदरबारको प्रशासनिक अदालत प्रवेशमै वकीललाई कडाइ

काठमाडौँ । सिंहदरबारस्थित प्रशासनिक अदालतमा वकीललाई प्रवेशमा कडाइ गरिएको छ । सरकारको मौखिक निर्देशनमा अदालत प्रशासनले वकीललाई नै प्रवेशमा कडाइ गरेको हो ।

यसअघि वकीलहरूले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनले दिने कानून व्यवसायीको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाउँथे । तर, पछिल्लो सरकार गठनको १२औँ दिनमा अदालत प्रशासनले वकीलहरूलाई नागरिक एपको सिंहदरबार गेटपासका आधारमा मात्रै प्रवेश दिने भन्दै सूचना निकालेको हो ।

अदालतका रजिष्ट्रार सरोजराज रेग्मीद्वारा जारी सूचनामा लेखिएको छ, ‘प्रशासनकीय अदालत, सिंहदरबार, काठमाडौँसँग सम्बन्धित काम कारबाहीका लागि सिंहदरबार परिसरमा प्रवेश गर्नुहुने देहायबमोजिमका व्यक्तिलाई देहायबमोजिम प्रवेश सुविधाको व्यवस्था गरिएको हुँदा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

अदालतका पदाधिकारी/कर्मचारीलाई सम्बन्धित निकायको आधिकारिक परिचयपत्रको आधारमा, कानून व्यवसायीलाई नागरिक एपको सिंहदरबार गेटपासको आधारमा, मुद्दाका पक्ष वा वारेसलाई सम्बन्धित पक्ष/वारेसको तारिख पर्चाका आधारमा र अन्यलाई अदालतको दैनिक ई-पासका आधारमा प्रवेश दिइने सूचनामा उल्लेख छ ।

यसैवीच, नेपाल बार एशोसिएसनले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै पहिलेकै जसरी परितयपत्रका आधारमा वकीलहरुलाई सि‌हदरबारमा प्रवेश दिन माग गरेको छ ।

यो पनि –

के हो प्रशासकीय अदालत ? न्याय माग्न को जान्छन्‌ ?

सम्बन्धित खवर

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

नयाँ दिल्ली । गुजरात उच्च अदालतले वकिलको नक्कल गरेको आरोपमा एकजना कानूनकी विद्यार्थीको अग्रिम...

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

काठमाडौँ । फागुन २१ को निर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनसँगै...

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

काठमाडौँ । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशको पद रिक्त अवस्थामा छ । चैत १८ गतेदेखि...

सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर परेको रिटको अर्को पेशी आगामी बैशाख ३...